राजा खोज्दै श्री ५ अम्बरे

म्यूजिक खबर
प्रकाशित: ७ चैत्र २०७०, शुक्रबार

काठमाडौं । नेपालमा राजतन्त्रको अन्त्य भए पनि राजाको प्रतिनिधित्व गर्दै चलचित्र ‘श्री ५ अम्बरे’ बन्ने भएको छ । एउटा वर्ग भित्र राजा बन्ने सपना बोकेको एक पात्रको कथा चलचित्रमा रहेको चलचित्रकी निर्देशक दीपा बस्नेतले बताइन् । दीपा बस्नेतलले अन्तराल चलचित्रपछि यो दोस्रो चलचित्रका रुपमा निर्देशन गर्न लागेकी हुन् । शुक्रबार काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा यो चलचित्र ‘श्री ५ अम्बरे’ को शुभसाइत गरिएको छ । ट्रियू इन्टरटेनर्स र जीवनसाथी फिल्मस्को संयुक्त प्रस्तुतीमा तयार हुन लागेको यो सिनेमालाई अमृत अग्रवालले निर्माण गर्ने भएका हुन् ।
यस चलचित्रमा अभिमन्यू निरवीको कथा तथा पटकथा, दीपक आचार्य र अभिमन्यु निरबीको संवाद रहेको छ भने प्रशान्त रसाइली क्रियटिभ डाइरेक्टरका रुपमा रहेका छन् । बसन्त सापकोटा, कालीप्रसाद बा“स्कोटा, बाबु बोगटी र यम बुद्धको संगीत, गणेशकुमार श्रेष्ठको छायांकान, चन्दन दत्तको सम्पादन यस चलचित्रमा रहनेछ । चैत्र १० गतेबाट छायांकनमा जान लागेको यस चलचित्रमा सौगात मल्ल शिर्È भूमिकामा रहनेछन् । सौगातका अलावा केकी अधिकारी, प्रियंका कार्की, अशिष्मा नकर्मी, विक्रम सिंह, मतिन खान, लोकमणी सापकोटा, अर्चना देलाल, सिर्जना अधिकारी, दिवाज राई लगायतका कलाकार यस चलचित्रमा रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु