राजु ढुङ्गेलको ‘अकबरी सुन’को चर्चा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७३, बिहीबार

पौष ७, काठमाण्डौ । सौन्दर्य प्रसाधनमा प्रयोग गरिने बहुमुल्य धातु–सुन, त्यसमा पनि अकबरी । चर्चा नहुने त कुरै भएन । लामोसमयदेखि संगीत साधना गर्दै आएका गायक राजु ढुङ्गेलले बजारमा ‘अकबरी सुन’ ल्याएपछि यतिबेला उक्त ‘अकबरी सुन’को चर्चा बढिरहेको छ । प्रसंग गहनामा प्रयोग हुने सुनको नभई गीत संगीतको हो ।

पूर्वेली लोक संस्कृतिमा आधारित गीतहरु प्रस्तुत गर्दै आएका राजु ढुङ्गेल र नविन ढुंगेलले गाएको ‘अकबरी सुन’ बोलको गीतको हो । उक्त गीतको शब्द संयोजन तथा लय संकलन अभय ढुंगेल गरेका छन् । शिलाबहादुर मोक्तानको संगीतको संयोजनामा रहेको गीतलाई आर्टिस्ट नेपालले बजारसम्म पु¥याउने काम गरेको छ ।

पूर्वेली परिवेशमा रहेको गाउँका टिपिकल भाषालाई प्रयोग गरिएको ‘अकबरी सुन’को म्यूजिक भिडियोलाई यम गुरुङको निर्देशन रहेको छ । त्यस्तै रिना थापा मगरको साथमा यम गुरुङले नै अभिनय रहेको छ भने करणको छायांकन रहेको छ । माधव बेल्बासेद्वारा सम्पादित उक्त गीत सम्पादीत उक्त गीत यतिबेला सांगीतिक जमातमा निकै नै रुचाइएको छ । उक्त गीतले ‘इमेज अवार्ड–२०१६’को उपाधि समेत पाउन सफल भएकाले पनि गीतको लोकप्रियता र स्तरीयताको सहज अनुमान लगाउन सकिन्छ ।

यस्तो छ म्यूजिक भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु