चलचित्र पत्रकारको अधिवेशन चैत्र ६ मा

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७०, बुधबार

काठमाडौं, १४ फागुन । चलचित्र पत्रकार संघको छैठौं अधिवेशन आगामी चैत्र ६ गते राजधानीमा हुने भएको छ । संघका अध्यक्ष विदुर गिरीको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले आगामी ६ गते बिहान १० बजे राजधानीको ज्ञानेश्वरस्थित रिजेन्सी बेक्वेटमा संघको छैठौं अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघसँग आबद्ध संघको अधिवेशनकै अवसर पारेर संघले एकजना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान २०७० र दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार २०७० प्रदान गर्ने निर्णय समेत गरेको छ । गत जेठ ७ गते चलचित्र पत्रकार दिवसको अवसर पारेर संघले निर्णय गरे बमोजिम संघका संस्थापक उपाध्यक्ष समेत रहेका चलचित्र पत्रकार अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता सम्मान २०७० तथा अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई चलचित्र पत्रकारिता पुरस्कार २०७० प्रदान गरिन लागेको हो । पुरस्कारको राशी जनही १५ हजार रुपियाँ रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु