
चलचित्र ‘छ माया छपक्कै –२’ को गीत ‘मायामा एक्सपाइरी डेट हुँदैन’ सार्वजनिक
काठमाडौँ । चलचित्र ‘छ माया छपक्कै –२’ को गीत सार्वजनिक भएको छ । असोज ३१ गते फुलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीत सार्वजनिक गरिएको हो।
‘मायामा एक्सपाइरी डेट हुँदैन’ बोलको गीतमा सहिमा श्रेष्ठ र सबिन सुवेदीको स्वर छ । शब्द रचना राजेन्द्र थापाको छ भने संगीत दिपक शर्माको छ । उदयराज पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई गोविन्द अनेक र कमलले रेकर्ड गराएका हुन् ।
गीतको टाइटल अनुसारकै गीतको कथा रहेको छ । माया प्रेममा उमेरको छेकथुन हुँदैन भन्ने भाव गीतले दिएको छ । एउटा पुरुषले दुइ महिलासँग एकसाथ गरेको मायालाई भिडियोमा देखाइएको छ । चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केकी अधिकारी, सनिसा भट्टराई लगायतको अभिनय देख्न सकिन्छ । चलनचल्तीका शब्द र मिठासपूर्ण लयले गीतलाई क्याची बनाएको छ । एकअर्काप्रति प्रेम र समर्पण एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ ।
किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियो रोमाञ्चक बनेको छ ।
यसअघि नै चलचित्रको शीर्ष गीत युट्युबमा रिलिज भइसकेको छ ।
‘छ माया छपक्कै २’ को शीर्ष गीत रिलिजसँगै अभि सुनारको सिर्जनात्मक क्षमताको पनि चर्चा