राजेशपायलको ‘दर्शन नमस्ते’ द रोलिङ स्टोन्स स्कुलमा

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७३, बुधबार

फागुन २५, काठमाण्डौ । गायक राजेशपायल राईले स्कुले विद्यार्थीका बिच सांगितीक रोमाञ्चकता थपेका छन् । राजधानीको मरु, भिमसेनथानमा अवस्थित द रोलिङ स्टोन्स स्कुलको अभिभावक दिवसको विशेष अतिथीका रुपमा पुगेका गायक राईले विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षीकाको मागपछि आप्mनो सुपुरहिट गीत गाएर स्कुले विद्यार्थीहरुका बिच सांगितीक रोमाञ्चकता थपेका हुन् ।

‘प्रायः म स्कुलको कार्यक्रममा जान्नँ, तर यस्तो भव्य कार्यक्रम तथा म्युजिक र आर्टसलाई फोकस गरेर सञ्चालन गरिएको स्कुलको बारेमा सुनेपछि आज तपाईंहरुसमक्ष छु’ राजेशपायलले विद्यार्थीहरुलाई जोस्याउँदै हस्यौली पनि गरे ‘पढाईमा म कहिले पनि पहिलो भईनँ । संगीतमा कहिल्यै दोस्रो भइनँ, तर तपाईंहरु चाहि पढाईमा पनि पहिलो नै हुनोस् है । अरु क्षेत्रमा पनि दोस्रो नहुनुस्’ उनले कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक तथा कार्यक्रम सञ्चालिकाको हुटिङपछि जोशिएर ‘विद्यार्थीको हौसलाका लागि’ भन्दै गीत पनि गाएर सुनाए ।RAJES PAYAL-RAI गायक राईले आफ्नो पछिल्लो एलबम दर्शन नमस्ते ३ मा संग्रहित शिर्ष गीत दर्शन नमस्ते गाएर कार्यक्रमको रौनकता बढाए । विद्यार्थीहरुले राजेशपायलको स्वरसँगै स्वर मिलाउँदै नाचगान पनि गरे । कतिपय विद्यार्थी त उनीसँगै मञ्चमा पुगेर नाचे । ‘नानीहरुले गीत गाएको र नाचेको देखेर म त छक्कै परें, पढाईसँगै संगीतलाई पनि यसरी प्राथमिकता दिने स्कुल देखेर खुशी लागेको छ’ विशेष अतिथीका रुपमा विद्यार्थीहरुको प्रस्तुतिसमेत नियालेका गायक राईले भने । गायक राईले कुलद्धारा आयोजित विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कार पनि प्रदान गरेका थिए ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल तथा नेप्लीज अमेरिकन रक व्याण्ड द भाईब्ज व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठले विद्यार्थीहरुमा मञ्चमा जाने बानीको विकास भएको खण्डमा आत्मविश्वास बृद्धी हुने भएकाले संगीत र कलालाई पनि केन्द्रित गरेर स्कुल सञ्चालनमा ल्याएको खुलाए । ‘पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइयो भने बिद्यार्थीहरुले अध्ययनलाई बोझको रुपमा लिंदैनन् भन्ने सोचले हामीले यसलाई प्राथमिकतामा राखेका छौं’ दिरेकले भने ‘५ वर्षअगाडि ३८ जना विद्यार्थीबाट शुरु गरिएको स्कुलमा ३ शय विद्यार्थीहरु पुग्नुले पनि हाम्रो सोचले आकार लिईरहेको प्रष्ट हुन्छ।’

rajesh payal

त्यसै गरी प्रमूख अतिथी नेपाल मिडिया सोसाइटीका अध्यक्ष तथा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले गुणस्तरिय पढाई र व्यवहारिक ज्ञान दिएकाले नै स्कुलले फड्को मारेको पाएको बताए । स्कुलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले कार्यक्रम हेरेर पहिलो अभिभावक दिवस नभई रजत वर्षको कार्यक्रम हेरेको महशुष भएको चर्चा गरे। ‘स्कुलका टिचरहरुले लुकेको प्रतिभालाई यसरी बाहिर ल्याइदिएकोमा खुशी लागेको छ’ उनले भने ‘संगीत, कला र व्यबहारिक ज्ञानमा जोड दिएकाले स्कुलले छोटो समयमै फड्को मार्न सफल भएको छ।’

अभिभावक दिवसमा स्कुलका विद्यार्थीहरुले गीत संगीत र नृत्य प्रस्तुत गरी सबैलाई चकित तुल्याएका थिए । कार्यक्रम पनि शिक्षीकाहरु रोशमी श्रेष्ठ र मञ्जरी आचार्यको मार्गनिर्देशनमा विद्यार्थीहरुले नै सञ्चालन गरेका थिए । करिब ८ शय अभिभावक र विद्यार्थीका बिच सम्पन्न कार्यक्रममा स्पोर्टडेका विजयी विद्यार्थीहरुलाई स्कुलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठ, प्रिन्सिपल दिरेकलाल श्रेष्ठ, एकेडेमीक कोअडिनेटर विमला श्रेष्ठ, वडा नं १९ का प्रशाषकिय प्रमूख रकी शर्मा र गायक राजेशपायल राईले तक्मा र प्रमाणपत्र प्रदान गरेका थिए।

Rajesh-payal rai

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु