राजेश र अन्जुले पूर्वेली दर्शक झुमाए, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७४, सोमबार

१७ पुष, ईटहरी । अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारेर २०१७ को अन्तिम रात ईटहरीमा भएको सांगीतिक कार्यक्रममा राजेशपायल राईसँगै गायिका अन्जु गौतमले पनि गीत गाएपछि महोत्सवको माहौल फेरियो । सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा ईटहरी स्थित सानो जनता स्कुलको प्राङ्गणमा भएको उक्त कन्सर्टमा सयौ ईटहरीबासिको उपस्थिति रहेको थियो ।

राजेश संगै पुर्वका चर्चित लोकदोहोरी गायिका अन्जु गौतम, युट्युबबाट कभर भिडियो गाउदै लोकप्रिय बनेको पुर्वेली ठिटो पल लिम्बू, गायक डिल्ली फोम्बो, बबिन लिम्बु लगायत गायक गायिकाको प्रस्तुति रहेको थियो । साझ ६ बजेबाट सुरु भएको कन्सर्ट झन्डै १० बजेसम्म निरन्तर संचालन भएको थियो । कन्सर्टमा राजेशले दर्शन नमस्ते, उकालिमा जादा जाँदै, तिम्ले बाटो मोड्यौ अरे लगायतका आधा दर्जन बढी आफ्ना लोकप्रिय गीत गाए भने पल लिम्बुले चर्चित गीतहरु गाएर सुनाए । यता पुर्बेली गायिका अन्जुले पनि आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेको कार्यक्रमलाई ईक्सा मादेनले सन्चालन गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु