राजेश र सृष्टिले जिते ‘मिस्टर एण्ड मिस चितवन’ मोडलको उपाधी !

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७४, बिहीबार

चितवन । मिस्टर एण्ड मिस चितवन मोडल २०१८ को उपाधि मिस्टर तर्फ राजेश कुमाल र मिस तर्फ सृष्टि भण्डारीले हात पारेका छन् । मोडल सङ्गस नेपालको प्रस्तुती एवं युनीभर्सल जुम ईन्टरटेन्मेन्टको व्यबस्थापनमा आयोजना भएको मिस्टर एण्ड मिस चितवन मोडल २०१८ मा सहभागीहरुमध्ये बाट अन्य प्रतियोगीलाई पछि पार्दै राजेश र सृष्टिले उक्त ताज जितेका हुन् । विजेताहरुले उपाधी सहित नगद  ४०-४० हजार तथा विभिन्न गिफ्टह्याम्पर प्राप्त गरेका थिए । त्यस्तै, फस्ट रनर अपमा अस्मिता नेपाली र सेकेण्ड रनरअपमा सृजना गिरीले उपाधी हात पारे ।

चितवनको भरतपुरस्थित वी.पी. क्यान्सर हस्पिटलको सभाहलमा आयोजित उक्त ग्राण्ड फिनाले कार्यक्रममा निणार्यक तर्फ मिडिया पर्सन तथा कलाकार राज लुईटेल, मोडल तथा बडि विल्डर संजय राज बिक्रम, अन्तराष्ट्रिय मोडल सनी निधि र व्यापारी एवं समाजसेवी रुवी महतो रहेका थिए ।

उक्त प्रतियोगितामा चितवनका चर्चित डान्स ग्रुप तथा विभिन्न स्थानीय कलाकारहरुले आफ्नो आकर्षक प्रस्तुति दिनुका अलवा जिल्लाको पहिचान बनाएको सास्कृतिक पोशाकमा सजधज साथ उपस्थिति जनाएका थिए । सो कार्यक्रमको कोरियोग्राफर रब्स सापकोटाले गरेका थिए । कार्यक्रमको समापनमा निर्णायक राज लुईटेलले उपस्थित दर्शक, प्रतियोगी, तथा मोडलिङ्गमा रुची राख्नेहरुका लागि उत्प्रेरणात्मक भनाई प्रस्तुत गरेका थिए ।

कलेजमा अध्ययनरत टिनएज युवा युवतीहरूको व्यक्तित्व विकाश ,आत्मविश्वाश अभिवृद्दि,क्षमता उजागर लगायत नेतृत्वदायि क्षमताको विकाश साथै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पुर्याउने र समाज उपयोगि जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिहरुलाई स्टेज पर्फमेन्स, क्याटवाक लगायत व्यक्तित्व विकासका प्रशिक्षण कुशल कोरियोग्राफर रब्स सापकोटा र अरबिन हमालले गुर्मिङ गराउदै आएका थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण आभाष टेलिभिजनमा प्रसारण गरिएको थियो भने रेकर्डेड काष्ठमण्डप टेलिभिजन र युटुयुब मार्फत हेर्न सकिने आयोजक डेभिल सिंह राजपुतले बताए । संचारकर्मी रामकान्त पौडेलले संचालन गरेका कार्यक्रममा कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने ड्रेस डिजाईनर तथा प्याजेन्ट नेपालका ममता बस्नेत, डिजाईन एवं ईभेन्ट व्यबस्थापक मिनु झा,फेश अफ तराई आकाश गुप्ता लगायत विभिन्न सहयोगी संस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु