राधिका हमालको नेतृत्वमा रोल्पा कलाकार समाज

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७३, बुधबार

चैत १६, काठमाण्डौ । चर्चित गायिका राधिका हमालको नेतृत्वमा रोल्पा कलाकार समाज गठन भएको छ । आज राजधानीको विनायो क्याफेमा भएको भेलाले रोल्पाबाट काठमाडौंमा छरिएर रहेका कला संस्कृतिका क्षेत्रमा लागेका सम्पूर्ण कलाकारहरु संगठित हुँदै गायिका हमाललाई नेतृत्व प्रदान गरेका हुन् । काठमाडौंमा रहेका २३२ जना रोल्पाली कलाकारमध्येबाट लोकदोहोरीको क्षेत्रमा शिखर चुम्न सफल गायिका राधिका हमाललाई नेतृत्व दिइएको हो ।

rolpa artist association_radhika hamal (1)

समाजको उपाध्यक्षमा भने उदिराम खड्का चयन भएका छन् भने सचिवमा हरी डाँगी, सह(सचिवमा ज्योति मगर चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा जालुमाया गुरुङलाई चयन गरिएको छ भने सदस्यहरुमा नन्द घर्ती मगर, देवीराम राना मगर, गीता महरा, पोषण घर्ती, सागर बाबु पुन, लोक बहादुर रसाइली चयन भएका छन् । आजको भेलाले ११ जना कलाकारहरुको चयन गरेको भए पनि अझै केही पदाधिकारी चयन गर्न बाँकी रहेको अध्यक्ष हमालले म्यूजिक खबरलाई बताइन् ।

rolpa artist association_radhika hamal (2)
भेलालाई सफल बनाउनका लागि विशिष्ट अतिथिहरु वरिष्ठ कलाकार एवं गीतसंगीतबाट रोल्पालाई पहिलो गोल्डमेडल दिलाउन सफल ब्यक्तित्व तथा मेचीमहाकाली बुद्धिजीवी महासंघका महासचिव कुलानन्द गीरी, नि.रोल्पा सभापति ने.का राजनीतिज्ञ एवं अग्रज कलाकार कृष्ण घर्तीमगर, जोरा नाच पैसेरु नाच आदि कि बिज्ञ र उपाध्यक्ष रोल्पा जलजला सेवा समाज खिम कुमारी बुढामगर, चलचित्र गीतकार र रोल्पा काठमाडौ सम्पर्क समिति अध्यक्ष गणेश सुवेदी, अग्रज बाद्यबादक गुरु घर्ती, रोल्पा जलजला सेवा समाजका महासचिव तिलक रोका, साहित्यकार दीप दर्पण लगायतको आतिथ्यतामा रोल्पाली कलाकारहरुको भेलालो समाजको घोषणा गरेको हो ।

rolpa artist association_radhika hamal (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु