रानीको नयाँ भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७४, शनिबार

रुपिन्द्र प्रभावी/पोखरा

कार्तिक १८ गते । पोखरेली नव मोडल रानी थापा मगरको अभिनय रहेको पहिलो म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ ।
भिडियोमा रानीसहित १० वर्षमुनिका १८ जना मोडलहरुको सामूहिक अभिनय रहेको छ । अनुराग अधिकारीको रचना र नवराज बरालको सङ्गीत रहेको ‘सानी सानी नानी म त नेपालकी छोरी…’ बोलको गीतमा मेलिना राईको स्वर रहेको छ ।


पोखरा कला केन्द्रको प्रस्तुतिमा निर्माण भएको भिडियोको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । पोखराका विभिन्न पर्यटकीय स्थानहरुलाई समेटेर निर्माण गरिएको भिडियोले पोखराको पर्यटनलाई पनि सघाउ पु¥याउने श्रेष्ठको भनाइ छ । गीतकारसमेत रहनुभएका अध्यक्ष श्रेष्ठले तृष्णा र धैर्यको समायोजन भए मात्रै कला, साहित्य र सङ्गीतका क्षेत्रमा सफलता पाउन सकिने बताउनुभयो । काठमाडौँबाहिर बसेर पनि कलाका क्षेत्रमा राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण रानीको भिडियोले दिएको भन्दै उहाँले आफ्ना कलिला छोराछोरीलाई कलाका क्षेत्रमा लाग्न प्रेरणा दिने अभिभावक प्रशंसाको पात्र भएको बताउनुभयो ।


भिडियोको समीक्षा गर्दै गायक ज्ञानेश्वर सुवेदीले भिडियोले गीतको मर्मअनुसारका दृश्यहरु समेटेको बताउनुभयो । उहाँले बाल कलाकारहरुलाई समेटेर बनाइएको भिडियो उदाहरणीय बनेको दाबीसमेत गर्नुभयो ।
सार्वजनिक कार्यव्रmममा गीतकार अनुराग अधिकारी, जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजू, प्रतिभा माविका संस्थापक÷प्राचार्य विश्वगोपाल पराजुलीलगायतले शुभकामना दिनुभएको थियो ।


भिडियोमा श्रेया परियार, श्रेया ढुङ्गेल, एन्जिला लामा, सुकीर्ति ताम्राकार, एलिसा रेग्मी, रेश्मा सेन ठकुरी, सविना थापा, नविका भट्टराई, कृति सुवेदी, दिया गुरुङ, महिमा बुढा मगर, कृतिना गुरुङ, वर्षा चौधरी, निलक्सना श्रेष्ठ, आरुषी कोइराला, रचना गुरुङ र सन्जिता चौधरीको अभिनय रहेको छ । राहुल थापा मगरको कोरियोग्राफी, राखी थापा र राजु गुरुङको निर्देशन रहेको भिडियोको छायाङ्कन र सम्पादन खिम गुरुङले गर्नुभएको छ । भिडियोका लागि शृङ्गार र भेषभूषाको व्यवस्थापन जय गुरुङ, सृष्टि थापा र शान्ति गुरुङले गर्नुभएको हो ।
सञ्चारकर्मी गाविन्द सिन्जालीको सञ्चालनमा भएको कार्यव्रmममा सम्पूर्ण मोडलहरु र सहयोगीलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु