राप्रपाले के भन्छ ?–’कोमल वली’ ले भन्छ

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७३, सोमबार

फागुन ९, काठमाण्डौ । नेपालको मनोरञ्जन वृतमा चर्चित र लोकप्रिय नाम हो कोमल वली । देश तथा विदेशमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुका लागि रोजाइमा पर्ने गरेकि कोमलले आफ्नो गायकीकलाकाले मात्र नभई फेसन र प्रस्तुति शैलीले पनि अडियन्सलाई आकर्षित बनाउने गर्दथिन् । उनै कोमल केहि समय अघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । राजनीतिमा होमिएपछि उनले रेडियो नेपालको सरकारी जागिर समेत छाडेकी छिन् । पार्टी प्रवेशसँगै कोमलको आकर्षण र लोप्रियता पार्टीमा पनि उतिकै पाइएको छ ।

komal oli
प्रत्यक्षतर्फ ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचनको माध्यबाट चुनिने विधान पास भएपछि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीयतहमा पुग्ने होडबाजी शुरु भएको छ । ३ हजार ४ सय ७६ मतदाताको मन रिझाउन गायिका कोमल वली पनि चुनावी प्रतिष्पर्धामा उत्रिएकी छिन् । आफ्नो टिमका साथ प्रचार अभियानमा शनिवार दिउँसोदेखि कम्मर कसेर लागेकी छिन् । हरेक प्रतिनिधिसँग सहजभएर प्रस्तुत हुँदै भोट मागिरहेकी छिन् । जुन झुण्डमा भोट माग्न कोमल पुग्छिन् तुरुन्त त्यो झुण्डले –’राप्रपाले के भन्छ ? कोमल वली ले भन्छ’ भन्ने नारा लगाउन थाल्छ । पार्टीको महाधिवेसनमा उनको लोकप्रियता उच्च रहेको छर्लङ्ग देखियो भने, उनको खटाई र उनीप्रति महाधिवेशन प्रतिनिधिले देखाएको सद्भावले उनी सहजै विजयी हुने संभावना पनि पक्का देखियो ।

komal-oli.1
अस्ताउँदो कलाकारिता बाटोमा हिंडीरहेकी अर्की चर्चित सेलीब्रेटी रेखा थापाले पनि राजनीतिमा उदाउने प्रयास गरेर महिला तर्फको केन्द्रिय सदस्यमा उम्मेद्वार भएकी छिन् । साडीचोलो र कपालमा गुलाबको फूल सिउरिएर महाधिवेशनस्थलमा पुुगेकी उनले पनि आफूलाई जिताउनका लागि भोट मागिरहेकी छिन् । तथापि उनको प्रचार अभियान भने निकै नै कमजोर देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु