रामकुमारको चन्चले नानी

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७४, शुक्रबार

२३ भाद्र २०७४, काठमाडौं । गायक रामकुमार कार्कीको नयाँ गीत चन्चले नानी बजारमा आएको छ । लामोसमयदेखि गीतसंगीतमै क्रियाशील रहँदै आएका गायक रामकुमारले दशैंको छेको पारेर नयाँ गीत चन्चले नानी बजारमा ल्याएका हुन् । लोकपप शैलीको यो गीतमा रामकुमार कार्की र माण्डवी त्रिपाठीको स्वर रहेको छ । कुमार कार्कीको शब्द र संगीतमा तयार भएको यो गीतलाई विन्ध्यवासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको हो । यसको म्यूजिक भिडियोलाई रविन शंकरले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । दिपक विष्टको सम्पादन रहेको यस म्यूजिक भिडियोमा सुशान्त कार्की र केकी अधिकारीले अभिनय गरेका छन् ।

कार्कीले योभन्दाअघि बजारमा ल्याएको गीत अब त गाउँमै गइन्छले पनि बजारमा राम्रै सफलता हात पारेको थियो । शहरबाट गाउँमै गएर केही गर्नुपर्छ भन्ने बोलको गीतको सफलतासँगै चन्चले नानी बजारमा ल्याएका कार्कीलाई यो गीतले पनि राम्रो सफलता दिने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु