रामको ‘आधा जीवन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार

काठमाडौँ । गीतकार राम रेप्चुङको नयाँ सांगीतिक एल्बम ‘आधा जीवन’, राजधानीको रातोपुल स्थित रक हाउसमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । सो एल्बमलाई चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, मिस युमा–२०१५ लक्ष्मि योङहाङ, सञ्चारकर्मी कृष्णप्रसाद भुसाल, गीतकार राम रेप्चुङ, गायिका मीना राई र समाजसेवी तथा व्यवसायी सुमन राईले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । विमोचित एल्बममा घुम्दै आउँछ सुख दुःख, डोली चडी गयौ तिमी, म बनम्ला तिम्रो राजा, भुलु भन्छु बैगुनी लाई र कति दिन बोक्ने जस्ता पाँच गीत समावेश गरिएको छ । सबै गीतको म्युजिक भिडियो समेत तयार गरिएको उक्त एल्बममा रहेका दुई म्युजिक भिडियोहरु उक्त अवसरमा देखाइएको थियो ।Ram Recpchung rai-1
मीना राई, मनोज राज, दिपक लिम्बु, कर्मा ग्याल्छेन बम्जन र स्वरुपराज आचार्यको स्वरमा रहेका गीतमा विनोद खुम्बु, सुरेश अधिकारी, पविधन खालिङ र सन्तोष श्रेष्ठको संगीत रहेको छ । एल्बममा रहेका म्युजिक भिडियोमा अनिल राई, शान्ता राई, उपेन मगर, अनु राई, देब लिम्बू, रोश्ना के.सी. बिकिन लिम्बू, जिना राई, सुश्मी बान्तवा, मदन दुमि र गीतकार आफैले अभिनय गरेका छन् भने राकेश किराँती, रमेश राई र गणेश इशाराको निर्देशन रहेको छ । उक्त अवसरमा उत्तम केसी, कृष्ण भुसाल, सुमन राई लगायतले ‘आधा जीवन’को सफलताको शुभकामना दिएका थिए । उनीहरुले पूर्वेली भाकामा रहेका गीतहरु मन छुने खालका र रमाइला रहेको बताएका थिए ।Ram Recpchung rai

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु