रायमाझीले गरे मझेरी भान्छाको उद्घाटन

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७२, बिहीबार

काठमाडौं । गायकहरुको लगानीमा संचालनमा आएको मझेरी भान्छाको गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीले रिवन काटेर उद्घाटन गरेका छन् । सामाखुशी टाउनप्लानिङमा रहेको मझेरी भान्छा असोज ६ गतेबाट औपचारिक रुपमा संचालनमा आएको हो । लोक तथा दोहोरी गीत प्रतिष्ठानका सल्लाहकार राजन लम्साल, उज्ज्वलजंग ठकुरी, गायिका शर्मिला गुरुङ, दुर्गा रायमाझी लगायतका लोक तथा दोहोरी गीत प्रतिष्ठानका गायक गायिकाको उपस्थितिमा मझेरी भान्छा रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गरिएको हो ।

narayan raymajhi

लोक गायनको क्षेत्रमा ख्याति कमाएका गायकहरु मिलेर मझेरी ग्रुप संचालनमा आएको छ । लोक तथा दोहोरी गायक चन्द्र शर्मा, पशुपति शर्मा, दीपक खड्का, गीतकार रमेश बिजीको साथमा संगीतप्रेमी सुवास केसी र परशुराम थापाको लगानीमा मझेरी ग्रुप अन्तर्गतको मझेरी भान्छा संचालन आएको हो । प्रतिव्यक्ति दश लाखभन्दा माथिको लगानीमा संचालनमा आएको मझेरी ग्रुपले करिब ५० भन्दा बढीलाई रोजगारी दिने संचालक चन्द्र शर्माले बताए । मझेरी ग्रुपभित्र रहेको भान्छा घर उद्घाटन पछि बोल्दै शर्माले आगामी दिनमा मझेरी दोहोरी, मझेरी गेष्ट हाउस लगायतको क्षेत्रमा लगानी गर्ने तय भइसकेको बताए । थकाली एवं नेपाली खानाका परिकार, ढिंडो लगायत खाना, खाजाका परिकारहरु रहेको यस मझेरी भान्छाले ग्राहकहरुको स्वाद अनुसारको खाना र खाजाका परिकार उपलब्ध गराउने भएको छ । असोज ६ बाट औपचारिक सुरुवात भएको यस भान्छाघरले आगामी एक हप्तासम्म ‘शुभारम्भ विशेष’ को कार्यक्रमहरु आयोजना गरेको छ ।

majheri_shankar majheri_group5 majheri_group4 majheri_group3 majheri_group2 majheri_group1 majheri_group_ramesh bg majheri_group

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु