रायमाझी र दीपाश्री भए वर्ष व्यक्ति

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७२, बिहीबार

लोकगायनको क्षेत्रबाट आफूलाई सांगीतिक क्षेत्रमा उभ्याएका गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी र अभिनयका माध्यमले नेपाली चलचित्र जगतमा स्थापित अभिनेत्री दीपाश्रीलाई फिल्मी खबर साप्ताहिकले वर्ष पुरुष र वर्ष महिला घोषित गर्दै सम्मान गरेको छ । फिल्मीखबर साप्ताहिकले छैठौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रामायझी र दीपाश्रीलाई सम्मान गरेको हो ।

गायक, निर्देशक एवं संगीतकारको रुपमा नेपाली कलाजगतमा स्थापित भएका नारायण रायमाझीले लोकगीतको क्षेत्रमा उचाई दिलाएका छन् । जसका गीतले नेपाली लोक संस्कृतिमा नौलो आयाम नै ल्याएको छ भने आधुनिक संगीत एवं चलचित्र संगीतमा पनि उनका संगीतले सदाबहार बन्न सफल भएका छन् । गीतसंगीतका धरोहर एवं चलचित्र निर्देशनमा सफल निर्देशकका रुपमा छवि बनाएका नारायण रायमाझीले गत वर्ष गोर्खा पल्टन चलचित्र निर्देशन गरे भने यस वर्ष परदेशी चलचित्र निर्देशन एवं निर्माण नै गरे । दुवै चलचित्रले उल्लेखनीय व्यापार ग¥यो भने लोकप्रियताका हिसाबले पनि माथि रह्यो । यस वर्षको चलचित्र परदेशीको सफलता र व्यापारका हिसाबले पनि निर्देशक रायमाझी चर्चाको शिखरमा रहे । उनको चलचित्र निर्देशन एवं संगीतको क्षमताको कदर गर्दै फिल्मीखबर साप्ताहिकले वर्ष पुरुषको सम्मान प्रदान गरेको हो ।

filmykhabar weekly
त्यस्तै दीपाश्री निरौला चलचित्र अभिनयको एउटा सशक्त नाम हो । उनको अभिनयलाई पछ्याउनेहरु धेरै छन् । चलचित्रमा अभिनेत्रीको भूमिका निर्वाह गर्दै हाँस्य जगतमा एउटा धरोहरका रुपमा परिचित छन् दीपाश्री निरौला । दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी हाँस्य जगतमा चर्चाको शिखरमा छन् । टेलिसिरियल तीतो सत्य पछिल्लो समयको चर्चित टेलिश्रृंखलाका रुपमा रह्यो । दिपक र दीपाको जोडी देशदेखि विदेशका विभिन्न महोत्सवहरुमा पनि उत्तिकै चर्चामा छन् । चलचित्र ६ एकान ६, वडा नं ६ जस्ता चलचित्र निर्माण एवं सहनिर्देशनसमेत गरिसकेकी अभिनेत्री दीपाश्रीलाई फिल्मीखबर साप्ताहिकले वार्षिकोत्सवको अवसरमा वर्ष महिलाको सम्मान प्रदान गरेको हो ।

narayan
फिल्मीखबरले आफ्नो सातौं वार्षिकोत्सवका अवरमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता एवं चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा साप्ताहिकका सम्पादक शान्तिप्रियले सातौं वर्षसम्म चलचित्र क्षेत्रको साप्ताहिक पत्रिका प्रकाशन गर्नु आफैंमा चुनौतिको विषय भएको बताएका थिए । चलचित्र क्षेत्रकै निरन्तर लामो समय प्रकाशन भएको पहिलो पत्रिकाको रुपमा फिल्मीखबरले प्राप्त गरेको उचाइमा सहयोग पु¥याउने सहयोगी हातहरुलाई धन्यवाद दिँदै शान्तिप्रियले समयअनुसारको परिवर्तनलाई आत्मसात गर्दै फिल्मीखबरले चलचित्र उद्योगमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै प्रविशा प्रकाशनका अध्यक्ष प्रदीप कुमार उदयले सम्पूर्ण चलचित्र कर्मी र चलचित्र पत्रकारबीचको समन्वयकारी भूमिकामा फिल्मीखबर साप्ताहिक अग्रपंक्तिमा रहेको बताएका थिए । कलाकारहरुले समाचारका बारेमा राम्रो र नराम्रो दुवैलाई आत्मसात गर्न सक्नुपर्ने बताउँदै उदयले फिल्मीखबर चलचित्र उद्योगका निम्ति सदैव क्रियाशील रहने बताएका थिए ।

उक्त कार्यक्रममा गत पुसमा सम्पन्न भएको एलजी डी सिने अवार्डमा सहयोग पु¥याउने सहयोगी हातहरुलाई कदर गर्दै सम्मान गरेको थियो । अवार्डका जुरी मोहन निरौला, विजयरत्न तुलाधर, सवनम मुखिया र सन्तोष श्रेष्ठ, उद्घोषक दिनेश डिसी, राज श्रेष्ठ, सुष्मा श्रेष्ठ, निराजन भण्डारी एवं अवार्डलाई सहयोग गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । अवार्डमा चलचित्र उद्योगका नायक, नायिका, निर्देशक, निर्माता एवं विभिन्न संघसंस्थाका पदाधिकारी एवं पत्रकारहरुको बाक्लो जमघट रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु