राष्ट्रभक्तिको उत्कृष्ट पाठः संस्कृत नाटक ‘स त्वम् अहम्’

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७२, बुधबार

देशलाई उन्नतिशील बनाउन म, तिमी र ऊ सबैको एकता आवश्यक छ । आज हामीले एक अर्कामा मिलेर राष्ट्र उन्नतिमा लाग्ने जनशक्ति तयार गर्नमा अंग्रेजी भाषाका साथ संस्कृत भाषाको पनि अध्ययन अध्यापन आवश्यक छ त्यस्का लागि कान्ति भैरव उत्तरगया, गोकर्ण जस्ता गुरुकुलहरु सदा प्रतिबद्ध भएर लागि परेका छन् । यस्ता गुरुकुलमा संस्कृत भाषाका अतिरिक्त गणित, अंग्रेजी, सामाजिक शिक्षा जस्ता विषयहरु निष्ठा र आस्थामा आचरणशील बनेर अध्यापन गराइन्छ । यही सन्देश बोकेको संस्कृत भाषाको नाटक ‘स त्वम् अहम्’ फागुन २८ गतेदेखि वाल्मीकि क्याम्पसमा नवनिर्मित थियटरमा प्रदर्शनी आरम्भ गरिएको छ । वाल्मीकि विद्यापीठ प्राङ्गणमा अहिले वान वल्र्ड थिएटरले विश्वविद्यालयको संस्कृत नाट्य संगीत तथा कला विभागको सहयोगमा थियटर निर्माण गरेको छ । नाटक स त्वम् अहम्लाई चलचित्र निर्देशक तथा अभिनेता डा. घनश्याम खतिवडाले निर्देशन गरेका छन् । प्रा. डा. ऋषिराम पोखरेलको लेखन रहेको स त्वम् अहम्मा कान्तिभैरव गुरुकुलका विद्यार्थीहरुले लामो समयको अभ्यासपछि उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् ।

20160311_171816

विश्वव्यापी रुपमा नाटकले ल्याएको सामाजिक एवं साहित्यिक जागरणको प्रभाव नेपालमा परापूर्वकालदेखि रहँदै आएको र संस्कृतमा रहेका गूढ रहस्यात्मक विषयलाई नाटकमार्फत विद्यार्थीहरुमा जागरणमा लैजान विश्वविद्यालयले पनि विभाग नै गठन गरी अघि बढेकाले अब संस्कृतमा जागरण आरम्भ भएको अवस्थाले संस्कृत नाटकमा पुनर्जागरणको कालको आरम्भ भएको विषय नेपाल प्राध्यापक संघ नेपाल संस्कृत विश्वविद्यालयका सभापति सहप्राध्यापक नवराज कट्टेलले बताउनुभयो । डा. घनश्याम खतिवडाले संस्कृत नाटक, संगीत तथा शास्त्रीय नृत्यमार्फत हरेक गुरुकुलमा नाट्य अभियान अगाडि बढेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा निरन्तर संस्कृत नाटक मञ्चन गर्ने विषयका उद्घोष गरेर यस नाटकमा विद्यार्थीहरुले जीवन्त अभिनय प्रस्तुत गरेको बताएका छन् ।

20160311_171812

नाटकको आरम्भमा गुरुकुलका प्राचार्य डा. श्रीराम अधिकारीले विद्यार्थीमा संस्कृत नाटकको प्रयोगात्मक पक्षमा सहभागिता बढेपछि उनीहरु संस्कृत र अंग्रेजी बढी ध्यान दिएर पढ्न थालेको स्मरण गर्नुभयो । विद्यार्थीहरुलाई बहुआयामिक बनाउँदै संस्कृत जागरण अभियान अगाडि बढाउन सदा विश्वविद्यालयको विभाग मार्फत अघि बढ्न वान वल्र्ड थियटरले आरम्भ गरेको सहयोगबाट स त्वम् अहम् नाटक मञ्चनमा समेत सहयोग पुगेको र आगामी दिनमा यस थियटरको सह–सम्बन्ध विश्वविद्यालयसँग रहिरहने चर्चा निर्देशक खतिवडाले गर्नुभयो ।

20160311_171757

कान्तिभैरव गुरुकुल २०६६ सालदेखि गोकर्णमा सञ्चालित छ । यस नाटकमा गुरुकुलका जगदीश नेपाल, वेदमणि सुवेदी, प्रदीप प्याकुरेल, अविनाश रेग्मी, भरत नेपाल, सौरभ ढकाल, सुजन ढुङ्गाना, सुधीर अर्याल, रामकृष्ण कोइराला, दामोदर कुईंकेल प्रवीण भट्टराई, श्रीराम पाण्डे लगायतले अभिनय गरेका छन् । नाटक हालको लागि तीन दिनसम्म मञ्चन गरिँदैछ । फागुन २८ गतेको शोमा करिब दुई जना दर्शक उपस्थित भएका थिए ।

20160311_173104 20160311_172424

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु