राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति सहित ‘म्यूजिकल नाइट’ सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७४, आईतवार

पुष २३, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरमले आयोजना गरेको दैवी प्रकोप राहत उद्धार कोषको सहयोगार्थ म्युजिकल नाइट २०७४ हेटौडामा सम्पन्न भएको छ ।

कार्यक्रममा गायिका अन्जु पन्त,गायक संगीतकार राजनराज सिवाकोटी र गायक युवराज चौलागाईले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढा, सितादेवी घिमिरे,जितु नेपाल मुन्द्रे दीपाश्री निरौलाले दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए ।

त्यस्तै नायक आकाश अधिकारी,यशराज गराच, नायिकाहरु मरिष्का पोखरेल, श्वेता खडका, सुष्मा कार्की दीपाश्री निरौलाले नृत्य प्रस्तुत गरेका थिए

महासंघको दैवी प्रकोप राहत उद्धार कोषको सहयोगार्थ सातै प्रदेशमा आयोजना गरिने कार्यक्रम अन्र्तगत ३ नम्बर प्रदेशको हेटौडामा पहिलो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बरिष्ठ कलाकार नीर शाह, हरिहर शर्मा, सुनिल थापा लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु