राष्ट्रिय एकताका लागि ‘मेरो स्वाभिमान’

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७४, बुधबार

२७ मंसिर, काठमाडौं । सानै उमेरमा लोकदोहोरी गायनमा चर्चा बटुल्न सफल भएका राजन ठकुरीले त्यो चर्चासँगै लोकसंगीत उद्योगलाई राम्रा गीतसंगीत दिए । लोकगायनमा आफ्नो छुट्टै छवि बनाएका गायक ठकुरीले पछिल्लो समयमा आएर आधुनिक गायनलाई पनि सँगै लिएर अघि बढेका छन् । लोक र आधुनिक गायनबाट स्वर परीक्षा पास गरिसकेका ठकुरीले गायकले सबै प्रकारका गीत गाउन सक्ने क्षमता राख्नुपर्छ भन्ने मान्यतामा छन् । उनले केही समय अघि मात्र राष्ट्रिय भावको गीत ‘मेरो स्वाभिमान’ बजारमा ल्याएका छन् । योभन्दा पहिला गर्व एल्बममार्फत् बजारमा आएका उनले देशको स्वाभिमानलाई शिरमा राख्दै नयाँ गीत बजारमा ल्याएका हुन् ।

हुन त उनले लोकगायनलाई पनि सँगै नै लिएर हिंडिरहेका छन् । त्यसको सँगसँगै आधुनिक गायनलाई पनि पछ्याउँदै आएका उनले बजारमा ल्याएको मेरो स्वाभिमानलाई आफ्नै शब्द, संगीत र स्वरमा सजाएका छन् ।

शिव विकको निर्देशनमा म्यूजिक भिडियो तयार भएको उक्त भिडियोमा आफैं प्रस्तुत भएका छन् । गीतभित्र राष्ट्रिय एकता, स्वाधीनता र नेपाली माटोको रक्षाको लागि समर्पित भावलाई प्रस्तुत गरेको ठकुरीले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु