राष्ट्रिय कलाकारको साथमा कुवेतमा ‘न्यु इयर धमाका’ हुँदै !

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७४, बुधबार

पुष १९, काठमाडौं । चर्चित राष्ट्रिय कलाकारको साथमा कुवेतमा न्यु एयर धमाका हुने भएको छ । चर्चित गायक पशुपती शर्मा, गायिका जानकी तारमी मगर, गायक प्रकाश कटुवाल र ऋषी खड्का सांगीतिक प्रस्तुतीका लागि कुवेत प्रस्थान गरेका छन् ।
नयाँ वर्ष २०१८ को शुभकामना सहित अनाथ बालबालिकाको सहयोगार्थ ‘न्यु एयर २०१८ धमाका हुने भएको हो । राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा ५ जनवरी २०१८ शुक्रबार विहान ११ बजेदेखि कार्यक्रम शुरु हुने भएको छ । कुवेत व्याई स्काउट थ्रियटर हावाली (व्याई स्काउट थ्रियटर सेन्टर पोवाइन्टको अगाडि)मा कार्यक्रम हुने स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु