राष्ट्रिय स्रष्टा सम्मान २०७१ खरेललाई

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७२, आईतवार

काठमाडौं । गीतकार संघले यो वर्ष ‘राष्ट्रिय स्रष्टा सम्मान २०७१ ’ बाट बरिष्ठ गीतकार यादब खरेललाई सम्मान गर्ने भएको छ । एक लाख रुपैयाँको सम्मान राशि सहित ताम्रपत्र प्रमाणपत्र र दोसल्लाले उनलाई सम्मान गरिने छ । गीतकार संघले हरेक वर्ष जेठको १४ लाई आफ्नो बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिदै आएको ‘स्रष्टा सम्मान र पुरस्कार वितरण’ मा उनी सम्मानीत हुने भएका हुन् । वैशाख १२ मा गएको बिनाशकारी महाभुकम्पबाट देश नै प्रभावित भएको हुनाले भदौ ११ को मिति तोकिएको जानकारीमा छ । त्यस्तै गरेर कार्यक्रममा ‘वर्ष गीत’ बाट एक गीतका स्रष्टालाई रु ५१ हजार सहित सम्मान गरिने भएको छ । गत बर्षहरुमा छनौटमा परेका एक गीतलाई समेत रु एक लाख सहित पुरस्कार प्रदान गरिदै आएको भएपनि यस बर्ष २०७१ सालमा प्रकाशित गीति किताबलाई समेत पुरस्कृत गरिने गीतकार संघ नेपालले बताएको छ । गिति किताबहरु पर्याप्त रुपमा संस्थालाई प्राप्त नभएको कारण यसपटक प्राप्त भएको पुस्तकलाई समेत पुरस्कृत गर्ने निर्णय भएपनि समेटेर अर्को बर्ष प्राप्त पुस्तक मध्ये छनोट भएका पुस्तकलाई रु ५१ हजारले पुरस्कृत गरिने छ । यस अन्र्तगत यस बर्ष २०७१ मा बजारमा आएका गीत मध्ये संस्थामा दर्ता भएका करिब १५० रचना मध्ये निम्न रचना उत्कृष्ट १० भित्र छनौट भएका छन् ।

yadavkharel_geetkar

१. ए चन्द्र मुखि – बसन्त थाम्सुहाङ
२. दुःखमा त झर्छ आँसु –विना महत
३. बिरालो पनि शेर हुन्छ –मधु साश्रु
४. शून्य शून्य भयो यो मन –रविन्द्र आशिष शैली
५. खै हाम्रो दिलमा त –शिव सुवेदी
६. साउनको भेल जस्तो –डब्बु क्षेत्री
७. पर्खिए कि तिमीलाई –सुमि सिहं
८. भेटौला हामी –ऐलेन ठूले
९. अभिनय तिम्रो मैले –जाङ्बु शेर्पा
१०. आमा भए संसारको –महेश आचार्य

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु