रास क्रियसनको भनन.. सुनन..(भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७२, आईतवार

काठमाण्डौ – नयाँ पुस्तालाई सँधै विशेष महत्व तथा प्रेरणा र हौसला दिदै आएको रास क्रियसनले फेरि एक पटक नव प्रतिभाशाली गाएक गणेशकाजी बस्नेतको ‘भनन ..सुनन ..’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

IMG_0801
अत्यन्तै नयाँ शैलिबाट छायाङ्कन गरिएको उक्त म्यूजिक भिडीयोमा मोडलहरु रुबी र दिपेन्द्रको रोमान्टिक मुभ्मेन्ट देख्न पाइन्छ । नकुल कार्कीको शब्द र संगीत रहेको उक्त गीतमा दिनेश श्रेष्ठको संगीत संयोजनमा नेपाली पप संगीतमा राम्रो भविष्य रहेका नव प्रतिभा गणेशकाजी बस्नेतको एकल स्वर रहेको छ ।

IMG_0802
म्यूजिक भिडीयोको छायाङ्कन शुलभ अधिकारीले गरेका छन् भने निर्देशन रास क्रीएसनका क्रीएटिभ डाइरेक्टर रमेस थनेतको रहेको छ । रोमान्स नै रोमान्स ले भरिएको उक्त भिडीयोको सम्पूर्ण वजार व्यवस्थापन तथा अडियो,भिडीयोको जिम्मा रास क्रियसनले लिएको छ । उक्त म्यूजिक भिडीयो अहिलेको युवा पुस्तामा निकै नै लोकप्रिय हुने, रास क्रियसनका म्यानेजिङ डाइरेक्टर आशिष घिमिरेले बताउनुभयो ।

भिडियो हेर्नुहोस् :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु