राहदानीको फस्टलुक

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७०, शुक्रबार

काठमाडौं । चलचित्र राहदानीले राजाधाको कलंकी सिनेमा हलमा एक कार्यक्रमका बीच चलचित्रको फस्टलुक तथा प्रोमो र गित सार्बजानिक गरेको छ। प्रदर्शनको लागि चैत्र २८ मा प्रदशन हुने भनिएको चलचित्र  ‘राहदानी‘ अब भने निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ।  चलचित्रलाई  देश बिदेशमा च्यारिटी भए पछी मात्र प्रदर्शन गरिने बताए निर्देशक  डब्बु क्षेत्रीले  ।

चलचित्र  निर्देशक डब्बु क्षेत्रीको डेब्यु चलचित्र हो। पछिल्लो समय पत्रकारहरु पनि चलचित्र निर्देशनमा लागेका छन् ति मध्यका एक हुन पत्रकार डब्बु क्षेत्री पनि।  चलचित्र ‘राहदानी’ उनको पहिलो चलचित्र हो।  बिहिबार एक कार्यक्रमका बीच चलचित्रको पोष्टर संगै प्रोमो र २ ओटा गित पनि सार्बजानिक गरीयो।  सार्बजानिक गरीको गीतमा एउटा चलचित्रको अईटम गित थियो भने अर्को चलचित्रको स्लो गित थियो।

कार्यक्रममा बोल्दै चलचित्र ‘राहदानी’ का निर्माता लक्ष्मी प्रसाद ढकाल यसो भन्छन “बैदेशिक रोजगारमा रहेका युवाले भोग्नु परेको समस्यालाई देखाइएको यस चलचित्रले मनोरंजन संगै सन्देश दिने भएकोले नेपालको ७५ वटै जिल्लामा च्यारिटी गरे पश्चात मात्र प्रदशन गर्ने उदेश्य छ ।”

सेन्सर बोर्ड बाट ‘यु’ सर्टिफिकेट पाएको चलचित्र ‘राहदानी’ मा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतका साथै संचारकर्मी दिनेश दुलालको पनि अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु