राहदानीलाई ‘यु’ प्रमाणपत्र

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

काठमाडौं, ३ माघ । सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’ले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सवै बर्गले हेर्न सक्ने ‘युनिभर्सल (यु) सर्टिफिकेट’ अर्थात विश्वव्यापी प्रमाणपत्र पाएको छ । चलचित्रमा रहेको गाली गलौजको एउटा शब्द र जातीयता बारेका चार ओटा शब्द गरी जम्मा पाँच ओटा शब्दमा ‘पिप’को आबाज राखेपछि यो चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो ।
‘बैदेशिक रोजगार जस्तो अहिलेको जल्दो बल्दो बिषयमा निर्माण गरिएको यो चलचित्रलाई सबै बर्गले हेर्न सक्ने ‘यु’ प्रमाणपत्र सेन्सर बोर्डले दिएको छ । अब जो कोहीले पनि राहदानी निर्धक्क हेर्न सक्नु हुनेछ ।’ निर्देशक क्षत्रीले भने । यो चलचित्रलाई २८ चैतबाट देशव्यापी रिलिज गर्ने तयारी भईरहेको पनि क्षत्रीले जानकारी गराए ।

IMG_2225
लक्ष्मी प्रसाद ढकालको प्रस्तुति रहेको यो चलचित्रलाई नेपाल र मलेशियामा छायाँकन गरिएको छ । जसलाई रामशरण उप्रेतीले खिचेका हुन् । नेपालमा ७ फागुनबाट ‘च्यारिटी शो’ बिशेष प्रदर्शन हुने पनि उनले बताए । अहिलेसम्म काठमाडौ, बुटबल र दोलखामा अहिलेसम्म ७ ओटा च्यारिटी शो निर्धारण भईसकेको पनि निर्देशक क्षत्रीले जानकारी गराए ।
राहदानीमा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतको अभिनय छ ।जसमा रिमा विश्वकर्माले आइटम डान्स गरेकी छिन् ।
यो चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बनिश शाहको सम्पादन, राजु शाहको नृत्य निर्देशन, बसन्त सापकोटा÷ चेतन सापकोटा÷ गैरे सुरेश र जुगल डँगोलको सँगीत रहेको छ ।

certificate - Copy

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु