रिता केसी र लोकेन्द्र शाहीको ‘साइको पर्यो यार’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २० असार २०७४, मंगलवार

असार २०, काठमाडौं । नेपाली नारीहरुले मनाउने  तीज आउन दुई महिना बाँकी छ तर, तीज सम्बन्धि गीत भने बैशाख बाटै सुटिङ भएका छन् । यस्तै पछिल्लो गीत संगीतका बजारमा भने एक पछि अर्को आइरहेका छन् । यस्तैमा गायक लोकेन्द्र शाहीले ‘साइको प¥यो यार’ दर्शक–दर्शकमाझ ल्याएका छन् ।

कर्ण सन्ज्यालको लय, शब्द र सङ्कलन रहेको यो गीतमा लोकेन्द्रलाई रिता केसीले स्वरमा साथ दिएकी छन् । ‘लोकेन्द्र र रिताको स्वरमा गीत उत्कृष्ट बनेको छ’, स्टुडियो तरङ्ग डिजिटलका साउण्ड इिन्जनियर सन्तोष पौडेले भने । तीजनको गीतहरु धेरै नै गरिएको मध्ये ‘साइको प¥यो यार’ धेरै राम्रो बनेको पौडेलले दाबी गरे ।

saikoparyo-yar

युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोमा यादव देवकोटा ‘सरापे’, काजिश श्रेष्ठ र रिनाथापाले कम्मर मर्काएका छन् ।  काजिशकै निर्देशनमा रहेको भिडियोलाई सागर गौतमले छाँयाकन गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन् ।

हामी सबैले निक्कै मिहिनेत गरेर यो तीज गीत बजारमा ल्याएका छौ दर्शक–स्रोताले औधी मन पराउनुहुने मा म ढुक्क छु’, शाहीले भने । लोकेन्द्र लोक दोहोरी गीतसँगै विभिन्न म्युजिक भिडियोमा पनि पछिल्लो समय व्यस्त छन् । ‘साइको प¥यो यार’लाई भैरव कालिका म्युजिकले बजारमा ल्याएको हो ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु