रिमासँग जिन्दगीको २ पल बिताउने जिवनको रहर (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७४, मंगलवार

भाद्र १३, काठमाडौं । चन्चले चुलबुले गीत बाट पछिल्लो समय नेपाली सांगीतिक फाट गीतकारको रुपमा राम्रो चर्चा कमाएका गीतकार हुन् रोहन पौडेल (जनक)।

यिनै पौडेलको नयाँ गीत ‘जिन्दगीको २ पल बिताउँछु तिम्रै साथमा बरु पिडा होस् हजारौ रमाउछु तिम्रै साथमा’ बोलको गीत सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा कुशल गायक सन्तोष लामा अनि मेलिना राईको आवाज रहेको छ भने कुशल संगीतकार हरि लम्सालको संगीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।


यस्तै यो गीतले पछिल्लो समय निकै नै चर्चा पाईरहेको छ भने यसको म्युजिक भिडियो पनि निर्माण गरिएको छ ।

निर्माण भएको भिडियो लाई हरिसिद्दी ईट्टा उद्योगमा छायांकन गरिएको थियो भने भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ ।

राजिव समरले कोरियोग्राफी गरेको उक्त भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका छन् हुन् ।

यस्तै प्रकाश धितालको निर्देशनमा तयार गरिएको यस भिडियोमा रिमा बिश्वकर्मा अनि जीवन भट्टराईको ससक्त अभिनय रहेको छ ।

अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको यस भिडियोमा सबिन पौडेलको प्रस्तुतीकरण रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु