रुम्बाको लक सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७२, आईतवार

काठमाडौं । गायक सूर्य रुम्बाको दोस्रो एकल एल्बम ‘लक’ काठमाडौंमा सार्वजनिक गरिएको छ । गायिकाद्वय संगीता राना, रेश्मा सुनुवार तथा गायक रुम्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन् । २०६६ सालमै ‘नाम’ शीर्षकको एल्बम सार्वजनिक गरेका रुम्बाले ललितकला क्याम्पसबाट संगीतमा स्नातक तह उत्तिर्ण गरेका छन् । विमोचन समारोहमा गायिका रानाले आफ्ना संगीतका विद्यार्थी गायक रुम्बाको गायन प्रतिभाबाट प्रभावित भएको बताइन् । समारोहमा प्रिमियर गरिएको भूकम्पको पीडा बिर्साउने शैलीको गीत ‘एक यूगमा एक दिन’ को म्युजिक भिडियो हेरेपछि गायिका रानाले गायक रुम्बाको गायन कौशलको प्रसंसा गरेकी थिइन् ।

आधुनिक तथा पप शैलीका गीतहरुको ‘लक’ एल्बमका सबै गीतमा गायक रुम्बाकै शब्द तथा संगीत रहेको छ । एल्बमको एउटा गीतमा गायिका रेश्मा सुनुवारले गायक रुम्बालाई साथ दिएकी छिन् । एशियन म्युजिकले बजार व्यवस्थापन गरेको यो एल्बमका गीतहरु प्रतिक थापा, आमोश तामाङ, बिनय केटु तथा साहस शाक्यले संगीत संयोजन गरेका हुन् । प्रिमियर गरिएको म्युजिक भिडियोको निर्देश्ँन राजु लामाले गरेका हुन् भने गायक रुम्बा तथा आसमान राईले भिडियोमा अभिनय गरेका छन् । विमोचन समारोहमा गायक रुम्बाले ‘एक यूगमा एक दिन…’ गाएर विमोचन समारोहलाई संगीतमय बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु