रेखाले चुम्बन दिएपछि राउटे समुदायमा तनाव

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७०, मंगलवार

काठमाडौं, २ पुस । सुर्खेत साटाखानी गाविसस्थित जंगलमा बस्दै आएका राउटे समुदायमा चामल बाँड्न पुगेकी रेखाले राउटेलाई चुम्बन गरेपछि थापाले दिएको चामल लिन अस्वीकार गरेका छन् । ‘आइमाइले म्वाइ“ खाएको’ भन्दै रिसाएका राउटे समुदायले रेखा थापाको सहयोग नचाहिने भन्दै उनको सहयोग अस्वीकार गरेका हुन् ।
रेखा थापा फाउन्डेसनको माध्यमबाट राउटे बालबालिकालाई विद्यालय भर्ना गर्न र खाद्यान्न बा“ड्न भन्दै सुर्खेत पुगेकी अभिनेत्री थापाले चामल वितरणका क्रममा एक राउटे युवालाई चुम्बन गरेकी थिइन् । ‘आइमाईले म्वाइ“ खाने भन्दै रिसाएर थापाले दिएको चामल लिनै मानेनन् । रेखाको चुम्बनले गर्दा राउटे परिवारमा समेत बबाल भएको छ । ‘म्वाइ“ खाने आइमाइले दिएको चामल हामीलाई चाहि“दैन्, त्यो फिर्ता लानु भनेर मस“ग पनि रिसाए,’ राउटे उत्थान प्रतिष्ठानकी अध्यÔ सत्यदेवी अधिकारीले भनिन् ।
कोही नचिनेका केटी र केटा बोल्न नराम्रो मान्ने समुदायको बीचमा रेखा थापाले चुम्बन गरेपछि राउटेहरुमा तनाव सिर्जना भएको हो । केटाहरुलाई म्वाइ“ खाने कस्ती आइमाई रहिछ । हामी त्यसले दिएको केही लिन्नौं भन्दै राउटेहरुले आफूहरुको संस्कारमै आघात पुगेको गुनासो गरेका छन् ।
राउटेले लिन नमानेपछि थापाले वितरित चामल स्थानीय व्यक्तिको घरमा राखेर पछि मात्र राउटेको झुप्रामा पु¥याइएको थियो । देउता पुजीरहेका राउटे युवा भक्तबहादुर शाहीलाई थापाले शनिबार चुम्बन गरेकी थिइन् । यस्तो पूजालाई राउटेले ‘भयार’ भन्छन् । भयारमा एउटा बाख्राको पाठो र तीनवटा कुखुराका चल्ला बलि दिइन्छ । राउटे समुदायले रक्सी र मास खाएर पा“च दिनसम्म भयार मनाउ“छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु