रेभल २०१७ ए्क्सक्लुसिभ फेशन शो सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७३, आईतवार

फागुन २८, काठमाडौं । शुक्रबार पुल्चोकस्थित व्याक आर्ट रेष्टुराँको खुल्ला परिसरमा रिभिल २०१७ “एन एक्सक्लुसिभ फेशन शो” शिर्षकको फेसन शो सम्पन्न भएको छ । यस म्याम बुटिकका डिजाइनर ऐनी तण्डुकारको एकल डिजाइनका पोसाकहरुमा २८ जना मोडलले क्याटवक गरेको थिए । उक्त फेशनशोमा ६ वटा सिक्वेन्स रहेको थियो ।

revel fashion
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र गुण व्यूटिसियन ट्रेनिङ्ग सेन्टरको संयोजनमा सम्पन्न उक्त फेशन शो को कोरियोग्राफी राज फैजुले गरेका थिए । बिगत १५ बर्ष अगाडि देखी इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्य गर्दै आएका कोरियोग्राफर राज फैजुले फेसन शो भने १० बर्षको अन्तरालमा गरेका हुन् । वार्षिक रुपमा ६-७ वटा फेसन शो आयोजना गर्ने लक्ष्य रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको रहेको उनले बताए । कार्यक्रममा चर्चित गायक तिलक वम मल्लले आफ्नो प्रस्तुती राखेका थिए भने बिभिन्न कल्चरल नृत्य समेत प्रस्तुत गरिएको थियो ।

revel_fashion

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु