रेवतले ल्याए इमर्ज

म्यूजिक खबर
प्रकाशित: २८ बैशाख २०७१, आईतवार

काठमाडौं, २८ बैशाख । खोजी प्रतिभाको उत्कृष्ट तीनमा पर्न सफल भएका गायक रेवत राईले आफ्नो पहिलो सोलो एल्बमका रुपमा इमर्ज लिएर सांगीतिक यात्रामा उत्रिएका छन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो इमर्जलाई सार्वजनिक गरेका हुन् । वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकारद्वय सुरेश अधिकारी, महेश खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतका अतिथिहरुद्वारा संयुक्त रुपमा इमर्जको सार्वजनिक गरिएको थियो । कमलपोखरीस्थित दर्शन नमस्ते रेस्टुरेन्टको हलमा आयोजना गरिएको एल्बम विमोचनमा बोल्दै संगीतकार सुरेश अधिकारीले रेवत राई एउटा राम्रो प्रतिभा भएको बताएका थिए । भोलिका दिनमा उनको गायन यात्राले निरन्तरता पाएमा उनी एउटा राम्रो गायकका रुपमा स्थापित हुने बताउँदै अधिकारीले एल्बमको सफलताको शुभकामना दिएका थिए । त्यस्तै वरिष्ठ गायक दिप श्रेष्ठले आफ्नो नातिको उमेरका गायक भाइहरुले गरेको मेहनत देखेर खुशी भएको बताउँदै यस्ता प्रतिभाले संगीत क्षेत्रमा स्थान पाउनुपर्ने बताएका थिए । उनले राइको सांगीतिक अभिवश्य उज्ज्वल बनोस् भन्ने शुभकामना दिँदै नयाँ आउने गायक गायिकाहरुलाई हौसला दिनुपर्ने बताएका थिए । कार्यक्रम निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले संचालन गरेका थिए ।
इमर्ज एल्बमभित्र गायक रेवत राईको एकल स्वर सजिएको छ । एल्बममा चार धाम घुमी, तिमीलाई माया गरेँ, लाहुरे दाइकी छोरीले, चन्चल पवनसँगै, जिन्दगीमा सधैंभरि, तिम्रो त्यो दोधारे बानी, मनको गीत, अलिकति तिम्रो प्रितिले, डिखुवा साँघु तरेर जस्ता गीतहरु समावेश गरिएको छ । जुन गीतमा सुरेश अधिकारी, महेश खड्का, इन्द्र आरपी, रेवत राई, मनोजराज, राई नवीन, भिमसेन राई, स्वरुपराज आचार्य, ताराप्रकाश लिम्बूले संगीत दिएका छन् । एल्बममा वीरेन्द्र राई, महेश खड्का, पूजा चौधरी, लिला राई, मुेकश राई, विश्वकाजी राई, भोगेन एकले, अम्बिका प्रधान, लालसुन्दर राईको गीत रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।
rawat rai_3

rawat rai_2

rawat rai_1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु