रोए दर्शक इन्द्र कुमारीको पीडा देखेर

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७३, मंगलवार

वैशाख ११ गते देखि वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित ऐतिहासिक तथा नारी प्रधान नाटक ‘मनोवेदना’को मञ्चन शुरु भएको छ । ऐतिहाँसिक यस नाटकमा मकवानपुरकी राजकुमारी इन्द्रकुमारीको पृथ्वीनारायण शाहसँग विवाह भए देखि उनका जीवनमा घटेका घटनालाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । नाटकलाई दर्शकले निकै नै मन पराएका छन् । जब स्टेजमा पुगेर मकवानपुरकी राजकुमारी इन्द्रकुमारी आफ्नो मनोवेदना पोख्न थाल्छिन् तव दर्शकका आँखा रसाउन थाल्छन् । पहिलो दिनको सो मा इन्द्र कुमारीले आफु विवाहित भएर नि पतिको घर जान नपाएको र माइतैमा बस्नु परेको व्यथा जव रुदै भन्न थालिन्, तव दर्शक नि मन थाम्न नसकेर रुदै गरेका दृश्य देखिएको थियो । शहर भन्दा अलिक टाढा जोरपाटी नयाँबस्तीको सर्वेश्वर महादेव मन्दिरसँगै रहेको ख्वापा नाट्यशालामा उक्त नाटक करिव एक महिनाको पुर्व तयारी पछि ११ गते देखि मञ्चन भएको छ ।

natk-2-768x511

पहिलो सो मै हाउसफुल भए पछि निर्देशक भोला अधिकारीले खुशी व्यक्त गरेका छन् । लामो समय देखी नाटकमा अभिनय गर्दै आएका भोला अधिकारी यसै नाटकबाट निर्देशनमा डेव्यु गरेका छन् । हामीले सुन्दै र पढ्दै आएको ऐतिहासिक नाटकलाई मञ्चमा उतारिएको भोलाले बताए । यस नाटकमा १७९४ साल तिरको परिवेशलाई समेटिएको छ । पृथ्वी नारायण शाहले एकिकरणको वेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्र कुमारी सेनसँग विवाह गरे । तर राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वी नारायण शाह अर्थात ज्वाईलाई साथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा वेहुली नलिई रित्तै फर्केका थिए । दुलही भएर पनि दुलाहाको घर जान नपाएकी इन्द्र कुमारीको पिडालाई यस नाटकमा प्रस्तुत गरिएको छ । मनोवेदना नाटक बैशाख १८ र २५ गते पनि मञ्चन हुने निर्देशक अधिकारीले जानकारी दिएका छन् । ऐतिहासिक यस नाटकमा उमा तामाङ, प्रदिप खड्गी, प्रदिप नेपाल, दिपु माया तामाङ, सुमित्रा मगर, अर्जुन बोहोरा, शिवानी बोहोरा, सविना श्रेष्ठ, सुशान्त तामाङ, बावु लामा, दिक्षा तामाङ, कुमारी तामाङ, रोशनी सापकोटा, संझना मगर, देव क्षेत्री, मनिष खड्का, प्रतिक खड्का, भोला अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

natak1-768x511

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु