रोजिना भइन् मिस आइडल

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७१, सोमबार

काठमाडौं । रोजिना तामाङले मिस आइडियल २०१५ को उपाधि चुमेकी छन । उनले एकेडेमी अवार्ड र सिम पर्सनालिटीसहित २० हजार रुपैयाँ पुरस्कार पनि हात पारेकी छन। चावहिलस्थित आइडियल इङलिस हाइयर सेकेन्डरी स्कुलले आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पहिलो पटक आयोजना गरेको प्रतियोगीतामा चेसुङ लिम्बु र दिक्षा जिम्बा क्रमश फस्ट र सेकेन्ड रनरअप घोशित भए। चेसुङले मिस पपुलरसहित १० हजार रुपैया र दिक्षाले मिस फेसबुक च्वाइस र मिस स्माइल उपाधीसहित ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
आइडियल इङलिस हाइयर सेकेन्डरी स्कुलमा दस जोड दुईमा अध्ययनरत विद्यार्थीबीच भएको प्रतियोगीतामा सुजाता लामाले बेस्ट क्यावक र मिस फोटोजेनिक, अस्मिता खडकाले मिस मिस पंचुअल, रोशनी नेपालले मिस इन्टेलिजेन्सको उपाधि प्राप्त गरेका छन। अध्ययनसँगै अतिरित्त क्रियाकलापमा विशेष जोड दिँंदै आएको यस आइडियल उच्च मावीले यस प्रतियोगीतालाई वार्षिक रुपमा आयोजना गर्ने जनाएको छ।
ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, सञ्चारकर्मी अशोकप्यासी राई, शिक्षासेवी रेनु लामा र मिरा लामा निर्णायक रहेको प्रतियोगीतामा पेमा सेर्पाले मिस डिस्सिप्लिन, पवित्रा सुब्बाले मिस फ्रेन्डसिप र गीता तामाङले मिस ब्युटीफुलको उपाधी जिते। सो अवसरमा स्कुलका पुर्वविद्यार्थी एवं चर्चित कलाकार प्रमोद निर्वाण, सञ्जिव सिंहलगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए।

musickhabar (3) musickhabar (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु