रोधी अवार्डमा गणेश उत्कृष्ट संगीतकार, अन्जना उत्कृष्ट गायिका

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७३, बिहीबार

माघ २०, काठमाण्डौ । राजधानीमा आज सम्पन्न रोधी सिने अवार्डमा उत्कृष्ट संगीतकार गणेश गुरुङ घोषित भए भने उत्कृष्ट गायिका अन्जना गुरुङ घोषित भइन् ।

ganesh
निर्देशक प्रितम गुरुङद्वारा निर्देशित ४० वटा नेपाली, गुरुङ भाषाका चलचित्र मध्येबाट आयोजना गरिएको रोधी सिने अवार्डमा गणेश गुरुङले प्हिरुमाला (मुगाको माला) चलचित्रबाट संगीतकारको अवार्ड चुमेका हुन् । उत्कृष्ट संगीतकारमा बी.बी. अनुरागी, नरजंग गुरुङ र आँसु लामालाई पछि पार्दै गणेश गुरुङ उत्कृष्ट संगीतकार घोषित भएका हुन् ।

anjana gurung
त्यस्तै गायिका अन्जना गुरुङले चलचित्र मेरो सोल्टीबाट उत्कृष्ट गायिका बन्न सफल भएकी हुन् । राष्ट्रिय नाचघर जमल काठमाडौंमा हुने कार्यक्रममा करिब दुई दशकदेखि चलचित्र क्षेत्रमा रहेका प्रितम गुरुङद्वारा निर्दे्शित ४० वटा चलचित्रबीच प्रतिस्पर्धा गराई विभिन्न १८ विधामा उत्कृष्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । रोधि डिजिटलले २०५२ सालदेखि गुरुङ समुदायमा लोप हुदै गएको भाषा, संस्कृति संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जनजातिका संस्कृतिमा आधारित चलचित्रहरु अहिले पनि राष्ट्रिय स्तरमा प्रदर्शन हुन नसकिरहेको अबस्थामा रोधी डिजिटलले एकल रुपमा गर्न लागेको यो प्रयास सह्रायिन भएको चलचित्र क्षेत्रका जानकारहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु