रोमियनको कुन घुम्तीमा

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७३, आईतवार

माघ ९, काठमाण्डौ । चलचित्र ‘नागबेली’ निर्मात्री, मोडल तथा नायिका रोमियन लिम्बुको पहिलो एल्बम ‘प्रकृति’ को ‘कुन घुम्तीमा’ बोलको गीतमा म्यूजिक भिडियो निर्माण गरिएको छ । उक्त म्युजिक भिडियोलाई लण्डन सहित यूकेका विभिन्न शहरमा छायाँकन गरिएको हो । अत्याधुनिक प्रविधिसहित म्युजिक भिडियोमा पहिलो पटक विमान उडाएर छायाँकन गरिएको मोडल, निर्माता तथा निर्देशक रोमियनले बताइन् । म्यूजिक भिडियोमा रोमियनका साथ रितेश चाम्सले दमदार अभिनय प्रस्थुत् गरेका छन् ।

music4
एन्टरप्रनर तथा पाईलट रितेश चाम्स आफैले म्युजिक भिडियोमा बिमान चलाएका छन् । बेलायतमै छायांकन गरिएको चलचित्र ‘ब्ल्याक समर’मा डेब्यु तथा ‘ह्याप्पी डेज’मा समेत उल्लेखीय अभिनय गरिसकेका उनी नृत्यमा पारङ्गत मानिन्छन् । रितेशले यसअघि विभिन्न नाटक र छोटा फिल्ममा अभिनय गर्दै फिचर फिल्म सुरुवात गरेका हुन् । चलचित्र ‘ब्ल्याक समर’ आउँदो नेपाली नयाँ बर्षताका रिलिज हुने जनाइएको छ । उक्त गीतमा प्रकृति थलंगको स्वर, शब्द पूर्ण पाल्पालीको र संगीत कञ्चन थलंगको रहेको छ । म्यूजिक भिडियोको कोरियोग्राफी रितेश चाम्स आफैले गरेका हुन् भने छायाँकन प्रतिक दुतराज गरेका छन् ।

music2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु