रोयल्टीबिरुद्धको मुद्धामा अन्तरिम आदेश दिनु नपर्ने आदेश

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७४, मंगलवार

८ फागुन, काठमाडौं । आर अडियो म्यूजिक सहित ४ वटा म्यूजिक कम्पनीले संगीत रोयल्टी संकलन समाज बिरुद्ध उच्च अदालतमा परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिसद्वय किशोर सिलवाल र शान्ति सिंह थापाको संयुक्त इजलाशले निबेदकका तर्फबाट माग दाबी गरे अनुसारको अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।


आर अडियो म्यूजिक सहित ४ वटा म्यूजिक कम्पनीले संगीत रोयल्टी संकलन समाज बिरुद्ध अदालतमा उत्पे्रषणयुक्त परमादेशको माग गर्दै रिट निबेदन सहित मुद्धा दायर गरेका थिए ।

उनीहरुले संगीत रोयल्टी संकलन समाज नेपालले रोयल्टी उठाउन नपाउने जिकिर सहित अहिले गर्दै आएको काम कारवाहि रोक्न भन्दै अन्तरिम आदेशको माग गरेका थिए ।
अदालतको आदेशमा निबेदकले उठाएको विषयवस्तुको विषयमा पूर्ण सुनुवाईका बेला सम्बोधन हुने भएकाले हाललाई अन्तरिम आदेश जारी गर्नु पर्ने नदेखिएको उल्लेख छ ।
मंगलवार भएको बहसमा निबेदकका तर्फबाट अधिबक्ता राजकुमार सुवाल र संगीत रोयल्टी संकलन समाज नेपालका तर्फ बाट अधिबक्ताद्वय सज्जन बरसिंह थापा र मेघराज पोख्रेलले बहस गरेका थिए । बहस पैरवीका बेला रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी , महासचिव महेश खडका, कोषाध्यक्ष लोकराज अधिकारी, संगीतकार संघ नेपालको अध्यक्ष लक्ष्मण शेष, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली लगायतका स्रष्टा उच्च अदालत पुगेका थिए ।
अदालतको आदेशलाई संगीत रोयल्टी संकलन समाज नेपालले स्वागत गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु