लक्ष्मी स्टील राईजिङ स्टार हुने

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७२, आईतवार

गत वर्षबाट सुरु भएको राइजिङ स्टार कार्यक्रम यसपाली लक्ष्मी स्टिलले प्रायोजन गरी ‘लक्ष्मी स्टिल राइजिङ स्टार–२०७२’ भएको छ । आगामी बैशाख ५ गते राष्ट्रियनाचघरको विशेष मञ्चमा भव्यताकासाथ सम्पन्न गरिने यस कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा कक्षा २ देखी ९ मा अध्ययन गर्ने प्रतिभाशाली ६० जना बालबालिकाहरु सहयागी प्रतिस्पर्धामा छन् । पहिलो र दोश्रो गरि दुइचरणको छनौट प्रक्रियाबाट “लक्ष्मीस्टील्स राइजिङ स्टार २०७२” को अन्तिम प्रतिश्पर्धाको लागि ६० जना बालबालिका छनौट भइसकेका छन् ।

बालबालिकाहरुको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरताको मूल्याङ्कन गरि बर्षको राइजिङ स्टार घोषणा गरिने कुरा क्रियटीभ वल्र्डका प्रमुख प्राज्ञ एवं बरिष्ठ संगीतकार शान्तिराम राईले जानकारी गराए । बर्षको बिजेता राइजिङ स्टारले नगद रु. ५०,००० सहित ताज, ट्रफि तथा गिफ्ट ह्याम्परहरु पाउने छन् । साथै फस्र्ट रनरअप र सेकेण्ड रनरअपले पनि ट्रफि तथा गिफ्ट ह्याम्परहरु पाउनेछन् भने अन्य विभिन्न सवटाइटल अवार्डहरुबाट विभिन्न प्रतिभाशाली प्रतिस्पर्धी बालबालिकाहरुलाई पुरस्कृत गरिने भएको छ । यही चैत्र २२ गतेबाट सहभागी बालबालिकाहरुलाई उनीहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिवृत्ति र विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तित्वहरुसंगको अन्तरक्रिया लगायतको नियमित बन्द प्रशिक्षणमा सहभागीता गराइने छ ।

rising star
सोही अवसरमा शैक्षिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एकजना विद्यालयका संस्थापक प्रिन्सिपललाई शैक्षिकसम्मानद्धारा सम्मान गरिने छ भने नगद रु.१०,००० सहित शैक्षिक पत्रकारिता पुरस्कारद्धारा एकजना शैक्षिक पत्रकारलाई पुरस्कृत गरिने छ साथै उत्कृष्ठ २ जना अभिभावकलाई समेत सो कार्यक्रममा सम्मान गरिने छ ।

गत वर्षको पहिलो “लक्ष्मी स्टील्स राइजींस्टार २०७१” का बिजेता जेम्स स्कुलमा कक्षा ६ मा पढ्ने स्मेरा सिं हुन् । राइजींस्टारको यो दोश्रो संस्करण हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु