लक्स कामना फिल्म अवार्डको मिति स¥यो ! माघ १६ मा हुने !

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७४, बुधबार

काठमाडौं । लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते अर्थात् जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ । यसअघि पुष २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष प्राविधिक कारणवश माघ १६ गते मंगलबारका लागि सारिएको आयोजक कामना सिने मासिकले जानकारी गराएको छ ।

लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण शहीद दिवसको सार्वजनिक बिदाका दिन पारेर आयोजना गर्न लागिएको हो। कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ आयोजना हुनेछ।

लक्स कामना फिल्म अवार्डस् २०७४ मा चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ ।

यो चलचित्रबाट पाश्र्व गायकमा दुई गायक राजनराज शिवाकोटाी र कृष्ण काप्mले मनोयनमा परेका छन् । त्यसै गरी छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४-१४ विधाको मनोयनमा परेको छ । त्यसैगरि निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ एघार विधाको मनोयनमा परेको छ ।

सम्मान चलचित्रको :उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड० अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु