लज्जाको फष्टलुक

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७१, सोमबार

काठमाडौं । छविराज ओझाको नयाँ हिरोइन शिल्पा पोखरलेको पहिलो फिल्म लज्जाको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र शिल्पा मुख्य भूमिकामा छन् । छोटो समयमा नेपाली प्रोड्यूसरहरुको रोजाईमा पर्न सफल निर्देशक नवल नेपालद्वारा निर्देशित यस फिल्म पूर्ण रुपमा महिलाको कथामा केन्द्रित रहेको बताउँछन् ।
अघिल्लो पटक लोफर निर्माणमा घाटा खाएका निर्माता छवि ओझाले २५ बर्षको फिल्मी करिअरमा निर्माण गरेको १५ फिल्ममध्ये दुई फिल्मबाट मात्र असफलता हात पारेका छन् । २०४७ सालमा राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्मबाट फिल्म निर्माणमा हात हालेका छविले क्रमश नाता, जन्मभूमी, हिरो, कस्तो साईनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत, कसले चो¥यो मेरो मन, अन्दाज, रावण, हमेशा र लोफर निर्माण गरिसकेका छन् । जसमध्ये लोफर र यस्तै रहेछ जीन्दगीले उनलाई ३०– ३० लाख गरी ६० लाखको धक्का दिएको छ । रेखा फिल्मसको स्वामित्व रेखा थापालाई दिएपछि छविराज प्रोडक्सनबाट लोफर पछि बनेको लज्जा दोश्रो फिल्म हो ।

sitter 2

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु