लण्डनमा गीत रेकर्ड गर्दै प्रकाशपुञ्ज

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७२, बिहीबार

‘मेरो मनमा बस, मुटुमा बस
तिम्रो न्यानो अङगालोमा चोखो मायाले कस’

सामाजिक अभियान्ता एवं गीतकार प्रकाशपुञ्जको रचनामा तयार भएको गीत बेलायत स्थित लण्डनको साउथ हल स्टुडियोमा रेकर्डिङ गरिएको छ । लामो समयदेखि लण्डनमा बसेर नेपाली गीत–संगीतको श्रीविकासमा लागेकी चर्चित गायिका सर्मिला बर्देवाले स्वर दिएकी छन् । हाल सांगीतिक यात्राको क्रममा गायक आन्नद कार्कीसँगै लण्डनमा रहेका संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् भने किरण कँडेलको संगीत संयोजन रहेको छ ।

shikhar santosh

गायिका बर्देवाका साथमा गायक सपन राईले पनि स्वर साथ दिएका छन् । गीतको रेकर्डिङको क्रममा बेलायतमै रहेका बरिष्ठ गीतकार डा. भोला रिजाल तथा डा. कपिल रिजालको पनि उपस्थिति रहेको संगीतकार सन्तोषले जानकारी दिए । कुलजित भामरले रेकर्डिष्टको जिम्मेवारी निभाएको गीतको छायाँकन गर्ने तयारी भईरहेको छ । गीतको शब्द तथा संगीत उत्कृष्ट र फरक धारको भएकाले आफूले स्वर दिएको गायिका शर्मिला बर्देबाले जानकारी दिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु