‘लभ यू बाबा’को निर्देशन गर्दै आठ वर्षिय सौगात

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०७१, बुधबार

काठमाडौं । आठ वर्षीय बालक सौगात विष्ट चलचित्र ‘लभ यू बाबा’बाट निर्देशनमा आउने भएका छन् । असाधारण प्रतिभाका धनी सौगात विष्टको निर्देशनमा कस्तो चलचित्र बन्ला भनेर जिज्ञाशा शुरु भइरहेकै बेला उनको निर्देशनमा बन्ने चलचित्र ‘लभ यू बाबा’ को गत शुक्रबारबाट छायाँकन प्रारम्भ गरिएको छ । मुलतः मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरी विचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटिएर यो चलचित्र निर्माण गरिँदैछ ।
सौगात विष्टले यो चलचित्र निर्देशन गरेपछि उनी विश्वकै कान्छो निर्देशकका रुपमा चिनिनेछन् । यस अघि भारतका नौं वर्षिय बालकले चलचित्र निर्देशन गरेर गिनिज वल्र्ड अफ दी रेकर्डमा विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए । अब त्योभन्दा एक वर्ष कम उमेरका सौगातले चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेपछि विश्वकै कान्छा निर्देशक हुनेछन् । साथसाथै यो चलचित्रले गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउने छ भने त्यसका लागि प्रकृया समेत थालिसकिएको निर्माण युनिटले जनाएको छ ।
यतिखेर छायाङ्कन मैतीदेवी वरपरकै ठाउँमा मुख्य कलाकार गजित विष्ट, संगम विष्ट, निष्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, वसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेल लगायतका कलाकारहरुबाट भइरहेको छ । चलचित्रको कथा गजित विष्ट नै हो भने पटकथा तथा कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् । छाँयाङ्कन दिव्य सुवेदीको रहेको छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तले गरिरहेका छन् । चलचित्रमा दिपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् ।
चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथि भूमिकामा यो चलचित्रमा देखा पर्दैछन् । त्यस्तै कलाकार अनु शाहले पनि यो चलचित्रका अतिथि भूमिका निर्वाह गरेकी छिन् । चलचित्रको करिव २५ दीनमा छायाङ्कन सकाइने लक्ष्य राखिएको छ भने मंसीर अन्तिम साता यो चलचित्रको रिलिज गर्ने लक्ष्य राखिएको छ । चलचित्रको निर्माता सम्झना पोखरेल हुन् भने सह–निर्माता रोशनी बज्राचार्य हुन् ।

love u baba love u baba1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु