लम्साललाई सम्मान, आवाज, पौडेललाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार

जेष्ठ ७, काठमाडौं । चलचित्र पत्रकार संघ, नेपालले आफ्नो १८ औ बाषिर्कोत्सवको अवसर पारेर ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको छ ।
यस बर्षको चलचित्र पत्रकारिता सम्मानबाट डा.नवराज लम्साललाई सम्मानित गरिएको हो । चलचित्र पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनमा कार्यरत रंग पत्रकार पारस पौडेल र अनलाइनखबर डट कममा कार्यरत चलचित्र पत्रकार विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरिएको थियो । काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीद्धय नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट र बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले सम्मानित र पुरस्कृत हुने पत्रकारहरुलाई सम्मान पत्र, ट्रफी प्रदान गरेका थिए ।

bijay
पौडेल र सुवेदीलाई सम्मान पत्र, ट्रफी र नगद २१ हजार सहित पुरस्कृत गरिएको हो । त्यसैगरी चलचित्र पत्रकार संघले यसैबर्षबाट ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि प्रदान गरेको छ । यो बर्ष पत्रकार स्वेच्छा राउतलाई सम्मान पत्र, ट्रफी र ल्यापटप सहित यो पुरस्कार प्रदान गरिएको हो ।

bijaya-subedi-got-prize
कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्षहरुले शुभकामना दिदै चलचित्र पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनुपर्ने बताए । यस्तै, कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले चलचित्र पत्रकारहरुले नेपाली चलचित्र क्षेत्रको विकासमा टेवा पु¥याएको बताए ।
त्यस्तै कलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिता पनि डिजिटल यूगमा प्रवेश गरेको बताए । कार्यक्रममा, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, पूर्व अध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारिता अझ परिस्कृत बन्दै गएको बताएका थिए ।
चलचित्र पत्रकार संघ, नेपालले हरेक बर्षको जेठ ७ गते स्थापना दिवसको अवसर पारेर कार्यक्रम गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु