लवकुमार र जमुनाको अल्लारे पारैमा….

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७३, शनिबार

फागुन १४, काठमाण्डौ । गायक लवकुमार भट्टको नयाँ लोकदोहोरी गीत अल्लारे पारैमा यतिखेर चर्चा बटुल्ने क्रममा छ । गोर्खा चौतारी म्यूजिकबाट बजारमा आएको यस गीत यूट्यूबमा जसरी दर्शकहरुको माया पाइरहेको छ भने रेडियो टेलिभिजनमा पनि राम्रो स्थान जमाउन सफल भएको छ । लवकुमार भट्ट र जमुना थापाको स्वर रहेको अल्लारे पारैमा… गीतलाई मुस्कान गोर्खालीले लेखेकी हुन् । मुस्कान गोर्खालीको शब्दलाई लवकुमार भट्टले भाका सिर्जना गरेका छन् । मौलिक भाकामा गाइएको गीतका रुपमा लिइएको यस गीतले मायाप्रेसँगै लोकपारखीहरुको मन जित्ने विश्वास लिइएको छ ।

allare muskan
अल्लारे पारैमा… गीतको म्यूजिक भिडियोमा मुस्कान गोर्खाली, दिवस, कोपिला गुरुङ र प्रकाश सपुतको अभिनय देख्न पाइन्छ । स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु