लाइन लागेर भोट हाल्दा निकै रमाइलो भयो– गायिका एवं नेतृ कोमल वली

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७४, बुधबार

असार १४, काठमाडौं । आज मुलुकमा स्थानीय निर्वाचनको दोश्रो चरणको चुनाव भइरहेको छ । २० वर्षपछि नयाँ संरचना अनुसार भएको स्थानीय तह निर्वाचनमा थुप्रै कलाकारले आ–आफ्नो क्षेत्रबाट भोट हाले । त्यसमध्ये नेपाली रंगीन क्षेत्रकी सुप्रसिद्ध गायिका तथा राप्रपाकी केन्द्रिय सदस्य कोमल वलीले पनि आफ्नो मताधिकार प्रयोग गरेकी छिन् । आज दिउँसो तुल्सीपुर उपमहानगरपालिका वर्डा नं. ८ कृष्ण मन्दिरमा रहेको मतदान केन्द्रमा उनले भोट हालेकी हुन् ।

komal1
गायिका तथा राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी कोमलले भोट हालिसकेपछि म्यूजिक खबरलाई भनिन्,– नेपालका नयाँ पिँढीले सहभागिता नजनाएको लगभग २० वर्ष हुन लागिसकेको छ । गाउँघरको सरकार छान्ने एक मात्र प्रक्रिया स्थानीय निर्वाचनले जनताको पहुँच राज्यसँग स्थापित गर्छ । प्रजातन्त्रका आधारभूत मुल्य र मान्यतालाई जगेर्ना गर्ने, मजबुत बनाउने, प्रजातन्त्र संस्थागत गर्ने प्रक्रियालाई मलजल गर्ने काम पनि स्थानीय निकायले नै गर्छ । त्यति मात्रै होइन, राजनीतिक संस्कार सिकाउने थलोसमेत स्थानीय निकाय नै हो । लोकतन्त्र भनेको एउटा शासन पद्धति मात्र होइन कि संस्कार, संस्कृति र जीवन पद्धति पनि हो ।’ त्यसैले भोट हाल्न म आतुर थिएँ । लाइन लागेर भोट हाल्दा मलाई त निकै रमाइलो लाग्यो, आशा र विश्वास छ मेरो मत खेर जाने छैन किनभने स्थानिय निकायमा योग्य व्यक्तिलाई मैंले मत दिएकी छु ।’

komal

राजावादीको रुपमा चिनिंदै आएकी कोमल केहि महिना अघि मात्रै औपचारिक रुपमै राप्रपा पार्टीमा प्रवेश गरेकी थिइन् ।

line komal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु