नेपाली आमा -२ लिएर आए लाक्पा ( भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७३, शनिबार

lakpa1

लाक्पा याकको नामले परिचित –याप गायक लाक्पा शेर्पाले आफ्नो पहिलो एल्बम चुम्मको चर्चित गीत “नेपाली आमा”को सिक्वेल गीत “नेपाली आमा”-२ सार्वजनिक गरेका छन्|

शेर्पा ब्रुअरी चितवनको सहयोगमा तैयार यस गीतलाई उनले आफ्नो चर्चित गीत “नेपाली आमा”को सिक्वेलका रुपमा सार्वजनिक गरेका हुन्| दोस्रो एल्बमको अन्तिम तैयारीमा रहँदै गर्दा उनले यस गीतलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन्|

गत बर्ष भूकम्पको पिडालाई समेटेर देशभक्ति गीत समेटेर चुम्मा एल्बम निकालेका थिए| उनले आफ्ना दर्शक स्रोता माझ देश र नेपाली माटोको माया दर्शाउदै दोस्रो एल्बम मा समावेश यस गीत नेपाली आमा-२ सार्वजनिक गरेका हुन्|

उनले यस गीत मार्फत देशका युवाहरुलाई स्वदेशमै रोजगारी र देश निर्माणमा अभिप्रेतित हुने सन्देश दिएका छन् | युवा पुस्ताको रोजाइमा पर्ने –याप संगीत मार्फत उनले यस्तो सन्देस दिएका छन् |

उनको यस एल्बममा समावेश नेपाली आमाबोलको गीतको म्युजिक भिडियोमा उनले नै अभिनय गरेका छन् | लाक्पा आफैले लेखेको यस गीतको संगीत भने शैलेश श्रेष्टले गरेका हुन् |  लाक्पाका अनुसार उनको दोस्रो एल्बमको नाम नेपाली आमा नै रहने छ |

lakpa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु