लाक्पालाई अलि अलि खुसी अलि अलि डर

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७२, बुधबार

नेपाली गीत संगीतको श्रीवृद्धिमा देशको विविध सांस्कृतिक पक्षसँगै जोडिएको पाइन्छ । विविध जात जातिहरुको धनी देश नेपाल यसको सांगीतक समृद्धिका लागि पनि सबै क्षेत्रको उतिकै योगदान रहेको छ । आफ्नो भाषाका गीत संगीतसँगै नेपाली मूल प्रवाहको गीतमा आफ्नो भविष्य देख्ने र यो क्षेत्रलाई थप उचाईमा पु¥याउने कार्यमा देशका हरेक कुना कन्दराका व्यक्तिहरुबाट भएको छ । केही मुल प्रावहमा सामेल हुन राजधानीसम्म आएर आफ्नो प्रतिभा दर्शक÷स्रोतामाझ पु¥याउने कार्य गरिरहेका छन् भने केही स्थानिय स्तरमै । चाहे त्यो तराई मधेशको होस् या पाहडको अथाव हिमाली, नेपाली गीत संगीतको समृद्धिसँगै यसै क्षेत्रमा आफ्नो करिअर देख्नेहरुको उपस्थिति पछिल्लो समयमा बाक्लै देख्न पाइन्छ । यस्तैमा आफूलाई उभ्याएकी छन् पूर्वको सुन्दर पाहड ताप्लेजुङको मामंखेमाकी लाक्पा भोटिया ।
गीत संगीतलाई आफ्नो प्रोफेशन बनउने उद्देश्यले नै योजनाबद्ध ढंगमा यो क्षेत्रमा हाम फालेकी उनी एक दशक देखि क्रियाशिल छन् । भारतको इलाहाबादबाट बी–म्युजिकको अध्यायन गरेर आफूलाई नेपाली गीत संगीतमा आधाकारिक रुपमा नै होमेकी हुन् ।

lakpa bhutiya
डब्बु क्षेत्री, अमर रसाइलीको शब्द र विनय लामाको संगीत रहेको ‘आज भोली मनमा खेल्छ’ आधिकारिकरुपमा पहिलो गीत गाएकी उनले आजसम्म आउँदा थुप्रै गीत गाएकी छन् । धेरैको कलेक्सन एल्बमहरुमा गीत गाएकी उनले आफ्नै एल्बम दर्शक÷स्रोतमाझ ल्याउने तयारीमा जुटेकी छन् यतिवेला । दुईबटा गीतको म्युजिक भिडियो समेत तयार पारेकी छन् । उनको म्युजिक भिडियो सङस् नेपालबाट दर्शक÷स्रोतामाझ आएको छ । ‘अलि अलि खुसी अलि अलि डर..’लाई चलचित्र निर्देशक लक्षु गौतमले निर्देशन गरेकी छन् । अर्को म्युजिक भिडियो ‘आजभोलि मनमा …’ रहेको छ । स्नातकसम्मको अध्ययन गरेकी उनी गीतमा मोडलिङ समेत गरेकी छन् । पप, रक र सेन्टीमेन्टल गीत गाउन मन पराउने लाक्पाले आफू पूर्ण तयारीका साथ यो क्षेत्रमा हाम फालेकाले आफूबाट यो क्षेत्रमा सक्दो योगदान पु¥याउने बताउँछिन् । उनी भन्छिन् ‘तर पनि म गीत संगीत क्षेत्रमा भिज्न अझै धेरै बाँकी छ ।’ लाक्पाको गीत संगीतबाहेक अर्को पाटो भनेको समाज सेवा पनि रहेको छ । बुबा थिनदुक र आमा मिङमाको कोखबाट ताप्लेजुङमा जन्मेएकी यि गायिकामा स्थानिय परिवेशको बासना समेत आउने गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु