लिटिल आइडलमा प्याब्सनको सहभागीता

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७२, बुधबार

 एक्सन इन्टरटेनमेन्ट प्राली र प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा मिस लिटिल आइडल २०१६ आयोजना हुने भएको छ । सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग यसवर्षदेखी प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको हो ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत वैशाखको विनाशकारी भु्ूकम्प र त्यसको पीडा कम हुन नपाउँदै भोग्नु परेको नाकाबन्दीले बालबालिकाको नियमित अध्ययनमा पारेको नकारात्मक प्रभाव हटाउन, गुणस्तरीय अध्ययनका साथै उनीहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले यो प्रतियोगीता आयोजना गर्न लागेको हो ।

‘एक्सन इन्टरटेनमेन्टको अनुभव र गुणस्तरीय शिक्षामा विगत लामो समयदेखी निरन्तर क्रियासिल प्याब्सन काठमाडौंको सहकार्यबाट यो प्रतियोगीताले नयाँ उचाई हासिल गर्ने विश्वास लिएका छौं’, प्याब्सन काठमाडौंका अध्यक्ष थकिनकुमार गुरुङले भने । प्रतियोगीतामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका नौ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन सक्ने छन् ।

IMG_8963
प्रतियोगीताका शिर्ष उपाधि विजेता, फस्ट रनरअप एवं सकेन्ड रनरअपलाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एकवर्षको छात्रवृति एवं प्रतियोगीतामा समावेश गरिएका अन्य १० उपाधि विजेतालाई एक वर्षको ५० प्रतिसत छात्रवृति प्रदान गरिने बताइएको छ ।

IMG_8966
पत्रकार सम्मेलनमा एक्सन इन्टरटेनमेन्ट प्रालीका सल्लाहकार एवं आइडियल इङलिस हाइयर सेकेन्डरी स्कुलका निर्देशक पुर्ण लामा, मिस लिटिल आइडल २०१६ की संयोजक एवं क्याम्ब्रिज पब्लिक हाइस्कुलकी फाउन्डर प्रिन्सिपल रिता राई, कोरियोग्राफर रोजिन शाक्यलगायतले प्रतियोगीताका बारेमा प्रकाश पारेका थिए ।
वालिकामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भुमिका निर्वाह, गुणस्तरीय अध्ययन एवं सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकले भनाई छ । मिस लिटिल आइडलको यो सातौ संस्करण हो । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा आगामी जेठ एक गते शनिबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु