• लिम्बू भाषामा जेपीको ‘सिरापधाङ’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १ माघ २०७३, शनिबार

    माघ १, काठमाण्डौ । गायक तथा संगीतकार जेपी नेम्बाङ लिम्बू भाषाको गीत तथा भिडियो लिएर आएका छन् । ‘सिरापधाङ’ बोलको गीतलाई जेपीले भिडियोमा सार्वजनिक गरेका हुन् ।
    ‘सिरापधाङ’ गीतको भिडियोलाई दिनेश माङ्मु लिम्बूले निर्देशन गरेका हुन् । भिडियोमा लिम्बू भाषा, संस्कृति र भेषभूषा भिडियो झल्काएको छ । यस भिडियोमा गायक जेपीका अलावा सिर्जना तबेबुङ र सालु फेम्बोले अभिनय गरेका छन् ।

    JP Limbu
    अन्छुमे नाशनको शब्दरचना रहेको यस गीतमा जेपीकै संगीत रहेको छ भने म्युजिक एरेञज अशोक लोहरुङ राईले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको ‘सिरापधाङ’ भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
    जेपी करिब ८ वर्षयता संगीतकर्ममा छन् । उनले यहाँसम्म आइुपग्दा लिम्बू भाषाका अलावा विभिन्न आधुनिक तथा चलचित्रहरुमा स्वर तथा संगीत गरिसकेका छन् । आफ्नो यो पछिल्लो लिम्बू संस्कृति बोकेको गीतको भिडियो सार्वजनिक गरेपछि जेपीले भने, ‘यो गीतबाट मैले धेरै आशा गरेको छु ।’ उनको संगीत रहेको नेपाली चलचित्र ‘तारेभीर’ र ‘बेली’ प्रदर्शनको तयारीमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु