लेखन र अभिनयसँगै रमेश बीजी

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७४, बुधबार

बैशाख २७, काठमाडौं । गीतिलेखनको क्षेत्रमा चर्चित नाम हो रमेश बिजी । गीतकारको परिचयले ख्याति कमाएका उनी लोकगीतको क्षेत्रमा मौलिक भाका पनि निर्माण गर्ने सर्जक हुन् । मौलिक लोकसंगीतको निर्माणमा निरन्तर सक्रिय रहेका बीजी अभिनयमा पनि कहिले काहीँ देखिने गर्छन् । चलचित्र होस् या म्यूजिक भिडियो उनको अभिनय कहिलेकाहीँ देख्न पाइने गर्छ । पछिल्लो समय उनी आधुनिक गीत लेखनमा पनि सक्रिय छन् । हुरीमा दियो… उनको पछिल्लो समयको चर्चित आधुनिक गीत हो भने भर्खरै मात्रै उनको लोकदोहोरी गीत ‘फूल फुल्यो जाइसरा’ बजारमा आएको छ । जसमा उनको शब्द, भाका र अभिनय हेर्न पाइन्छ ।

ramesh bg

उनले अभिनय गरेको भिडियोको कथावस्तु अनुसार कैयौं नेपालीहरु बाध्यतावश पल्टने जीनन बिताउन विवश रहेका छन् । गीतकार रमेश पनि लाहुरे बनेर प्रबासमा धेरै बर्ष बिताएर भर्खरै नेपाल फर्किएका हुन्छन् तर नेपाल फर्किए पछी आफ्नी पुरानो मायालुले अर्कैको सिन्दुर सिउँदोमा भरेको देख्दा आश्चर्य चकित हुन्छन् । निकै मर्म्स्पसी यस भिडियोमा गीतकार रमेश बि.जी. लाई अन्जली अधिकारीले अभिनयमा साथ दिएकी छिन् । प्रस्तुत म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी. ले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन नबिन घर्तिमगरले गरेका हुन् । गीतकार रमेश द्वारा अभिनित गीत बिन्ध्यबासिनी म्युजिक प्रालिले “फुल फुल्यो जाई सर” नाममा बजारमा ल्याएको हो । यो गीत गणेश राना र सरु थापाको प्रस्तुतिमा रहेको छ यस गीतमा गणेश राना र सरु थापाको सुमधुर स्वर सुन्न सकिन्छ भने लय शब्द रमेशको नै रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु