लैनचौरमा शान्तिका लागि साँस्कृतिक कार्यक्रम

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७२, सोमबार

शान्ति सद्भाव तथा ऐक्यबद्धताको लागि काठमाडौंको लैनचौरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मुलुकमा भइरहेको अभाव, विथोलिँदै गएको सामाजिक सद्भावबाट ग्रसित भएका मनहरुमा शान्तिको वातावरण सिर्जना गर्न यो सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

kk
विभिन्न सामाजिक संघ संस्थाको संयुक्त प्रयासमा हुन लागेको बृहत साँस्कृतिक कार्यक्रममा निर्णय श्रेष्ठ, कमल खत्री, विजय लामा, पुजा गुरुङ्ग, सञ्जना श्रेष्ठ, सरु वन, सुधन कार्की, सुजन माईकल, उत्तम थापा लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ । सदियौंदेखि चलिआएको नेपाली, नेपाली बीचको आपसी सद्भावताले निरन्तरता पाईरहोस् भन्नका लागि यो कार्यक्रमको आयोजना गर्न लागेको आयोजक मध्येका बिक्की पुलामी मगरले म्यूजिक खबरलाई बताए छन् । कार्यक्रम पौष ४ गते शनिबार लैनचौर खेलकूद मैदानमा हुने भएको छ ।

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु