काठमाडौं । लोकतन्त्र दिवस बैशाख ११ लाई लक्षित गरेर चलचित्र जन्मभूमि प्रदर्शनमा आउने भएको छ । आफ्नो प्रदर्शन मितिलाई लक्षित गर्दै जन्मभूमिले नयाँ प्रचार सामग्री सार्वजनिक गरेको छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्र निर्माण गरीएको साथै चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको चलचित्र भएको निर्देशक मोहन निरौलाले वताए । खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र भएको बताईएको छ । मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु , निरौलाले भने हेरौ कतिको सफल हुन्छु त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।
चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । निर्देशक निरौलाकै लेखन रहेको यस चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् । अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । चलचित्र जन्मभुमीलाई उपत्यका बाहिर एफडी कंपनि र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्दैछन् ।