लोकपि्रय सर्जक नवराज पन्तको उत्कृष्ट सिर्जना मा “सालको पात ” सार्बजनिक / भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७५, शनिबार

असोज ७ काठमाडौ
लोक संगीतमा मौलिक गित सृजना गर्ने भाका भर्ने र गाउने नाम भित्र पर्ने नामहरु हुन् नवराज पन्त,बसन्त थापा,कुलेंद्र बिक र बिष्णु माझी।जसको सहकार्य एक साथ फेरी जुटेको छ।”मायालुको सहरमा मेरो गाउँमा घर छ”,”डाँडै फुर्के सल्लो”लगाएतका गीतबाट करोडौको मन जितेका सर्जक नवराज पन्तको अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत “सालको पात”बजारमा आएको छ। अमेरिकामा रहेर पनि नेपाली माटोलाई माया गर्ने र नेपालि माटोलाइ सुहाउने गित सृजना गर्ने अब्बल सर्जक नवराज पन्तले अझै उत्कृष्ट गित संगीत पस्कने क्रममा छन् भन्ने कुरा हामीले यही गीत सुन्दापनि फरक पर्दैन। धौलागिरी हिमालको छाया कहाँ होला यो वर्ष अत्याधिक रुचाईएको गीत भित्र पर्छ सो गीत पनि यही टिमबाट बजारमा आएको थियो।

यता बसन्त थापा दोहोरी क्षेत्रका लय सर्जकका राजानै हुन् भन्दा फरक पर्दैन। उनले लय गरेका अधिकांश गीतहरु दर्शक श्रोतको मन मुटुको ढुकढुकी भित्र छन् । संगीतको पूर्ण ज्ञान भएका अब्बल सर्जक बसन्त थापाको लय र गहकिला शब्दका खानी माहिर सर्जक नवराज पन्तको शब्द सृजनामा उत्कृष्ट लोकदोहोरी गीत”सालको पात”बजारमा आएको हो।बिष्णु माझी र कुलेंद्र विश्वकर्माको कुरा गर्ने हो भने यी दुई कलाकार दोहोरी क्षेत्रबाट अलिकति अलग भए भनेपनि दर्शक श्रोता बिचलित हुनु बाहेक अरु विकल्पनै रहन्न।यी दुईका आवाजमा छुट्टै जादु छ त्यसैले पनि होला यो गीत आफैमा उत्कृष्ट बन्न सफल भएको छ।

यता निर्देशक शिब बिक जो सबै भन्दा पुराना निर्देशकको रुपमा परिचित छन।धेरै निर्देशक र कलाकारको जन्मदाता मानिने शिब बिकको यो गीतको निर्देशन पार्ट हेर्ने हो भने उतिकै दमदार रहेको छ।३ लाख भन्दा माथि लगानी खर्चिएर तयार पारिएको उक्त भिडियोमा अभिनय पनि बसन्त थापा,कुलेंद्र बिश्वकर्मा र मरिस्का पोख्रेलको रहेको छ भने छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्।गीत अभ्यास डिजिटल प्रालिबाट बजारमा आएको छ।
भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु