लोक गायिका मञ्जु गम्भीर दुर्घटनामा

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७०, बिहीबार

काठमाडौं, चैत १३ । चर्चित लोक गायिका मञ्जु महत बाइक एक्सिडेन्टमा परेकी छिन् । बिहीवार दिउसो साढे दुई बजे काठमाडौंको ठमेलबाट गीत रेकर्डिङका लागि मालश्री स्ुटडियो जमल आउँदै गर्दा उनी गल्कोपाखामा दुर्घटनामा परेकी हुन् ।
स्कुटीमा सवार उनलाई दुइटा माइक्रोले बिचमा पारेका थिए । दुर्घटनाबाट उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको गीतकार शीव सुवेदीले बताएका छन् । तत्काल उपचारका लागि मनमोहन मेमोरियल हस्पिटल पु¥याइएकी उनको त्यहाँ उपचार हुन नसकेपछि शिक्षणहस्पिटल पु¥याइएकी थिइन् । त्यहाँ पनि उपचार हुन नसकेपछि टोखास्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा रिफर गरिएको थियो, हाल ग्रान्डीमा उपचार भइरहेको छ ।
उनलाई बा १ ज ९२१३ को माइक्रो र अल्फाबेट खुल्न नसकेको हाइस २०७१ले ठक्कर दिएका थिए । दुइटै गाडी र चालकलाई सोह्रखुट्टे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । चर्चित गायिका मञ्जु केही दिनअघि मात्रै ‘सोह्र दुना आठ’ नामक गीत सार्वजनिक भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु